Tuesday 29 March 2011

गजल

D.P.Osti








उनको बोली राम्रो त्यसैमा मन गयो
हानेको गोली राम्रो त्यसैमा मन गयो

छम-छम गर्ने पाउजु अनि शिरको सिरबंदी
लगाएको चोली राम्रो त्यसैमा मन गयो

लज्जालु नजरको नशालु आँखाले दिएको
पानको सोली राम्रो त्यसैमा मन गयो

तिर्खाएको थिएँ, उनको रै’छ कल-कल गर्ने
मायाको खोली राम्रो त्यसैमा मन गयो

सपनीमा देखे मैले सिन्दुर,पोते अनि तिमी
बसेको त्यो डोली राम्रो त्यसैमा मन गयो !

Thursday 24 March 2011

गजल

डम्बर ओस्ती (क्यानेडा)

मध्य रातमा छोडी आए ब्युझिएर रोयौ होला
मनको पीर आखाबाट आशु झारी धोयौ होला.

तिमीलाई छोड्नु रहर होइन वाध्यताले जित्यो
चखेवा झैँ हाम्रो जोडी आज भोलि "खोयौ" होला.

तिम्रो माया मुटु भरि सजाएर बचेकोछु म
सपनीमा मलाई देखि तस्बिरलाई छोयौ होला

तिमी बिना जिन्दगी यो अधुरो छ कसले बुझी दिने
मन भित्रको दुधेरीमा भावनाका धाराहरु दोयौ होला .

Tuesday 22 March 2011

सपना भित्रको एउटा पीडा

सपना भित्रको एउटा पीडा just click here to read it
radhakrishna dhitalSpamReply8:57 PM 21/3 झापाको गोलधाप स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । आलागिबाट शिविरका सात सय बढी छाप्रा जलेर नष्ट भएका छन् । बिहान आठ बजेतिर सेक्टर बी वान हट नम्बर १८ का नरेश तिम्सिनाको छाप्रोबाट आगलागि शुरु भएको थियो । आगलागिको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ । आगलागी पछिको भाग दौडमा करिव २५ जना शरणार्थी घाइते भ

raghu osteeSpamReply8:36 PM 21/3 Really shocked to know about the damage caused by the fire in goldhap refugee camp in nepal.this news came as a dagger to my heart.its really painful situation to our people.no words to express in this most sorrowful situation....what a repeated misfortunes .......!!!!!!!..really bad,,,,,,,,,!!!!
8:40 PM 21/3 so heart breaking news........
8:40 PM 21/3 LUXMAN DAHAL: i just got the msg, half an hour ago, tried alot know the situation, but no calls be properly signed. its once a horrible nature's left eye on the camp

Damber Osti canada.
२२ मार्च २०११. भूटानी शरणार्थी शिबिर गोलधाप र पथरी शनिश्चरे एकै दिन आगलागीबाट क्षतिग्रस्त भएकोछ. आगलागीबाट भएको क्षतिको पूर्ण बिवरण आउन बाकि नै छ. यद्यपि शरणार्थी शिबिर गोलधाप करिब ७०० छाप्रा पूर्णरुपले क्षतिग्रस्त भएकछ. उता शरणार्थी शिबिर पथरी शनिश्चरेमा मुलाबाटा देखि पुर्व तिरका अधिकास्षा छाप्राहरू जलेर ध्वस्त भएका छन . यस्तो अवस्था हामि सबैलाई मर्माहत तुल्याएकोछ.

Thursday 10 March 2011

मध्य रातमा छोडी आए ब्युझिएर रोयौ होला
मनको पीर आखाबाट आशु झारी धोयौ होला.

तिमीलाई छोड्नु रहर होइन वाध्यताले जित्यो
चखेवा झैँ हाम्रो जोडी आज भोलि "खोयौ" होला.

तिम्रो माया मुटु भरि सजाएर बचेकोछु प्रदेशमा
सपनीमा देखि मलाई ब्युझिएर छोयौ होला

तिमी बिना जिन्दगी यो अधुरो छ कसले बुझी दिने
मन भित्रको दुधेरीमा भावनाका धाराहरु दोयौ होला .

रक्सी र म

सुरु-सुरुमा
रहरले पीएको थिए रक्सी
जब लत बस्यो
वाध्यताले पिउन थाले
वाध्यताले पिउदा-पिउदै
जिउनलाई पिउन थाले
पिउदा-पिउदै कति पीए
आज भोलि
पिउनलाई जिउन थाले