Monday 2 April 2012

नेपाली गीत D.P.Osti

तिमीलाई शीरमा राखी सजाऊ -सजाऊ लाग्छ
तिम्रै छेउमा डेरा सरी बसु-बसु लाग्छ

मनको भारी बिसाउने चौतारी खोजिराछु
तिमीलाई पाउन अचेल आफैलाइ बेचिराछू

एक्लो यो जिन्दगीमा आई राज गरिदेउ
उजाड़ छ मेरो जिन्दगी बसंत भरिदेउ

एक्लै हिडेर होला सायेद म थाकिसकेछु
तिम्रो साथ पौ भनी देउतालाई भाकिराछु

Nepali song by DP osti

भंनेहरू मेरी माया हिरा, मोती भन्छन सुन जास्ती
सुन्नेहरू मेरी माया भन्छन संगीतकी धुन जास्ती

उनको माया हिमालको हिम भन्दा चोखो
माया लगाईं संगै जिउने पूरा भयो धोको

यो माया भन्ने चीज कस्तो मिठो-मिठो लाग्छ
जति दियो उती बड़ने अझ दिउ-दिउ लाग्छ

न त माया हीरा मोती न त सुन जस्ती
म त भन्छु मेरी माया पुर्निमाकी जून जस्ती