Monday 15 October 2012

गीत


D.P.Osti.-Canada

म मायाका शब्द  सुसेल्छु तिम्रो नामको सग्गित भरेर
म मायाको संसार चिहाउछु परेलिको पर्दाबाट झरेर|

यी आखा नै दोषी हुन या तिम्रो मुहार उस्तो
एकै क्षीण नदेखु त लाग्छ संसार हराए जस्तो |

म एक्लो बटुवा बाटोबिचमा हात समायौ तिमीले
यो यस्तो के पिलायौ मात हो या अमृत तिमीले |

यो कस्तो बोझ मायाको जति बोके  उती नै बोकु लाग्ने
यो कस्तो तिर्सना  मायाको जति पियो उती पिऊ लाग्ने|


नोट : संगीत सम्योजनको क्रममा सम्पादन गर्न सकिने छ |

Wednesday 10 October 2012

हा हा हा हा


मोटाएर यार भैएछ फर्सी
मलाई देखेर बूढी तर्सी |

लौन कही उपाय निकलुम
अस्पताल जानू पर्ला पर्सी |
हा हा हा हा

Saturday 6 October 2012

रुवाई


लोभी रैछ तिम्रो मान सम्पतिमा अल्झिएछ
कैलेकही दुख्ने मुटु तिमीले गर्दा बल्झिएछ |

सून देख्दा सुनै राम्रो जून देख्दा जूने अरे
उसकै रूप उनलाई मोती जस्तै टल्किएछ

Monday 1 October 2012

रुवाई


D.P.Osti
मेरो पैलाकोलाइ भंदेउन म त अचेल अर्कैलाई माया गर्छु
उसलाई पनि  गोजी  रित्याएर फेरी पछि  अर्कैतिर सर्छु |

यो बैस पनि कति बैमानिछ गर्नु नगर्नु गराउछ आजभोली
को-कोसंग के-के गरियो के-के भानियो सम्झी लाजले मर्छु|



रुवाई


D.P.Osti
नचहादा नचहादै कहिलेकही मुख फोर्न मन लाग्छ
थाहै नपाई उनको मनमा बसी माया चोर्न मन लागछ|

आखा अघि राखेर हेर्छु सधै अझै पनि  अघाएको छैन
कसैले उनलाई हेर्यो मात्र भने पनि चिथोर्न मन लाग्छ |