Friday 26 August 2011

अचेल उनि डलरमा माया साट्न थालिछन्
झुटो कसम खाइ अनि कुरा ढाट्न थालिछन |

छिन्-छिनमा साट्फेट हुने कती सस्तो माया
के देख्नु पर्‍यो हरे!थुकेको थुक चाट्न थालिछ्न्|

Monday 15 August 2011

गीत -D.P.Osti


भूल्नै सक्दिन सानु भुल्नै सकिन
तिमीले दिएको चोखो माया भुल्नै सकिन|
थाहै नपाई गाडा भइ मनमा बसेछौ
मेरो माया सुटुक्क चोरी मुटुमा कसेछौ |

भूल्नै सक्दिन सानु भुल्नै सकिन
बुदा सुब्बा साक्षी राखी खाको कसम भुल्नै सकिन

रुदै हौली तिमी त्यहाँ मलाई नै सम्झेर
म पनि त खुशी कहा छु तिमीलाई छाडेर

भूल्नै सक्दिन सानु भुल्नै सकिन
संग संगै बिताका मिठा-मिठा पलहरु भुल्नै सकिन

याद आउछ तिम्रो सधै सपनीमा पनि
किनेकोछु ......... सारी तिम्रै लागि भनि
भूल्नै सक्दिन सानु भुल्नै सकिन
तिमीले दिएको चोखो माया भुल्नै सकिन|
माया तिम्रो कति कति मुटु भरि गाडा
लगाई राखौ चोखो माया बसे पनि टाडा

भूल्नै सक्दिन सानु भुल्नै सकिन
तिमीले दिएको चोखो माया भुल्नै सकिन|


Tuesday 2 August 2011

गजल

बिरामी अस्पतालमा सुतेकोछ
मन भित्रको ब्यथा लुकाएकोछ

कर्जा बुझाउन होला सायद
चारै तिरबाट ऋण जुटाएकोछ|

महिनौ भयो घर छोडेको पनि
खादै गरेको जागिर छुटाएकोछ|

सबथोक सिधिएर एउटा घर रयो
त्यो पनि साहुले समाज जुटाएकोछ

गरिब हुनु अपराध रैछ क्यार
थानामा झिकाएर कुट्नु-कुटाएकोछ|
D.P.Osti