Tuesday 6 June 2017

रुवाई
मलाई छोडेर जानेलाई के माया लाग्छ होला र |
दील नै  तोडेर जानेलाई के माया लाग्छ होला र |

आफैंले रोपेको मायाको कलिलो आँकुरा चुंडी
बाटो मोडेर जानेलाई के माया लाग्छ होला र |
DeePee Ostee

Sunday 11 September 2016

मलाई फूल फूलेको मन पर्छ
फूलेर अझ झुलेको मन पर्छ

कोमल फूलहरुलाई स्पर्स गर्दै
डालीमा  पुतली  डुलेको मन पर्छ |

Wednesday 31 August 2016

बैंस पनि कस्तो कस्तो कति रहर बोकेर आउंछ
गजल जस्तै जिन्दगी मीठा बहर बोकेर आउछ |

हिडेर नथाक्ने यी पाइलाहरु आफ्नै बनाउन
बाटो आफै यतै कता सफर बोकेर आउछ  |

Friday 26 August 2016

गजल

गजल

सिसा झैँ टुक्रिएको  मन मिलाउने कोसिस नगर
भुवा सरि फाटेको  मन सिलाउने कोसिस नगर |

निर्दयी ती तिम्रा हात हुन मेरो भावना जलाउने
अब उखेलेर फेरी जिलाउने कोसिस नगर  |


छुरा हानेको मुटु आलो रगत बगिरको छ
भयो अब जहर खिलाउने   कोसिस नगर |

जिउँदो जस्तो देखिने यो मृत लासलाई फेरी
यो नाटकीय अमृत पिलाउने  कोसिस नगर |

अपराध आफु गरि अभियोग मलाई लगायौ
भयो अब न्याय दिलाउने कोसिस नगर !
DEEPEEOSTEE