Wednesday 24 November 2010


 गजल्--३ (डम्बर ओस्ती)

आहा! कती राम्री फूल बनी फूली देउ
मेरो मनको मझेरीमा पुतली झैं डूली देउ.


तिमी आउने मह्लमा दियो बाली कुरी बस्छु
आउ जांउँ टाडा कतै दुनियालाई भूली देउ


मीठा मीठा सपनाहरु तिम्रै लागी साँचेकोछु
आउ प्रिय साथै बस मनका कुरा खूली देउ


माया भन्नु यस्तै रैछ हाँस्ने अनि रुहाउने
आउ प्रिय माया बोकी अंगालोमा झुली देउ

 
 
 


 

Saturday 13 November 2010

गजल (डम्बर पी ओस्ती )

भन्ने कुरा धेरै थिए भन्ने मन छैन
नांगिएछु कठै! लुगा किन्ने धन छैन

दुनियाले अनायस्यै हेप्छन अचल्
समाजमा बोलिदिने कोही जन छैन

भिखारी झैं घुम्नलाई भेस छैन
तपस्या गर्न जाउँ कुनै वन छैन

दुस्मनहरु घेरालाई छेक्छन मलाई
शिरमा ठोकी मार्नलाई कुनै घन छैन

साथीभाइ गए कता आफू एक्लो भएँ
सम्झनछ मनभरी बोल्नलाई फन छैन

 

छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैं
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । -महाकवी देवकोट