Wednesday 31 August 2016

बैंस पनि कस्तो कस्तो कति रहर बोकेर आउंछ
गजल जस्तै जिन्दगी मीठा बहर बोकेर आउछ |

हिडेर नथाक्ने यी पाइलाहरु आफ्नै बनाउन
बाटो आफै यतै कता सफर बोकेर आउछ  |

Friday 26 August 2016

गजल

गजल

सिसा झैँ टुक्रिएको  मन मिलाउने कोसिस नगर
भुवा सरि फाटेको  मन सिलाउने कोसिस नगर |

निर्दयी ती तिम्रा हात हुन मेरो भावना जलाउने
अब उखेलेर फेरी जिलाउने कोसिस नगर  |


छुरा हानेको मुटु आलो रगत बगिरको छ
भयो अब जहर खिलाउने   कोसिस नगर |

जिउँदो जस्तो देखिने यो मृत लासलाई फेरी
यो नाटकीय अमृत पिलाउने  कोसिस नगर |

अपराध आफु गरि अभियोग मलाई लगायौ
भयो अब न्याय दिलाउने कोसिस नगर !
DEEPEEOSTEE

Wednesday 10 August 2016

बाँदरले  साँचै आफ्नै जात जनाउँदो  रैछ
हाँसको बथानमा बकुल्लो कहाँ सुहाउँदो रैछ ?

भयो हजुर अब फकिर बन्न दिनुहोस मलाई
यो हजुरको रंगिन दुनिया छ्या ! गनाउँदो रैछ |
                  deepeeostee 

Friday 5 August 2016

1तितो यथार्थता

स्मृतिका गर्तहरुमा
म मेरो  हराएको  विगतलाई खोजिरहेकोछू
अस्पस्ट वर्तमानलाइ टेकेर
अध्यारो भविष्यतिर लम्किरहेकोछू
कुहिरो भित्र हराएको काग झै
गंतब्यहिन् ,
लक्षहीन
अघि बढिरहेछ  मेरो  यात्रा |
वर्त्तमान नै हराएको बेला
कुन्नि किन हो म
फेरी एक चोटी
हराएको विगत खोजिरहेकोछू
पल्टाइरहेकोछू  पुस्तकका पाना झै
अनि पुनरावलोकन गरिरहेकोछू
उही तितो बिगतलाई
किन कि
भोली मेरो बिगत  मबात टाडा हुदैछ
र केवल मसंग रहनेछ
निराश अनि अंधकारमय​ भविष्य
त्यसैले अंतिम चोटी पल्टाइरहेकोछू
मेरो विगतलाइ
किन कि भोली मैले
त्यही तितो अतीतको अंतरवस्तु केलाउदै
वर्तमानलाई छिछोलेर
फेरी कुनै दिन त्यही बिगतलाई उजागर गर्नुछ
अनि उज्यालो भविस्यको मझेरिमा नाच्नुछ
सायद यही हो आजको तितो यथार्थ |
deepeeostee 

Thursday 4 August 2016

             गजल, नेपाली साहित्यको निकै मौलौदै गरेको एउटा विदा हो | अझ  भनौ युवा सर्जकहरुका लागि त सब भन्दा आकर्षक  बिदा नै गजल हो भन्दा अतिउक्ति नहोला | पूनर्वास पछि अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मुलका भूटानी गजलकारहरूको संयुक्त  प्रयासमा एउटा  गजल सङ्ग्रह "क्याङगारूको देशबाट"  प्रकाशन हुन लागेको थाहा पाउदा खुशी लाग्यो |
           नेपाली साहित्यको  आकाशमा एकै चोटी यति धेरै गजलकारहरु उदाउनाले, हामी भाषा/साहित्य प्रेमीहरुलाई अझ हौसला मिलेकोछ|
प्रवाशमा रहेर पनि नेपाली भाषा-साहित्य क्षेत्रमा याँहाहरुले  गरेको  अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै, तपाई सम्पुर्ण गजलकार मित्रहरुलाई तथा "क्याङगारूको देशबाट" सिंगो गजल संग्रहको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु |

डी पी  ओस्ती
क्यानेडा