Tuesday 31 May 2011

१ रुवाई

तिमी व्यर्थै रिसाएछौ मसंग म त हास्दै थिए तिमीसंगै
कुरै नबुझी माया मरेछौ म त माया गास्दै थिए तिमिसंगै

कस्तो बानी रैछ तिम्रो, लुगा फेरे झैँ माया फेर्दी रैछौ
अर्कैको हात समाएछौ अघिनै म त नाच्दै थिए तिमीसंगै

D.P.Osti.

Saturday 14 May 2011

ग़ज़ल डी .पी . ओस्ती

ग़ज़ल

बिरामी अस्पतालमा सुताएकोछ
मन भित्रको ब्यथा लुकाएकोछ

कर्जा बुझाउन होला सायद
चारै तिरबाट ऋण जुटाएकोछ|

महिनौ भयो घर छोडेको पनि
खादै गरेको जागिर छुटाएकोछ|

सबथोक सिधिएर एउटा घर रयो
त्यो पनि साहुले समाज जुटाएकोछ

गरिब हुनु अपराध रैछ क्यार
थानामा झिकाएर कुट्नु-कुटाएकोछ|

ग़ज़ल -डी. पी. ओस्ती

ग़ज़ल

को हो पराइ?
वैशले कर्कराइ

उत्तर नभेटेर
ओठ फर्फराई

रिस् उठ्यो होला
कुट्न जुर्मुराइ

उसैले जिती
मलाइ हराई

अघाएकी थिइ
पक्कै नि चराई

गल्ति गर्छे ऊ
उलटै कराई

ग़ज़ल डी. पी ओस्ती

कुन जुनीको पापले गर्दा म त तिम्रो हुन सकिन
पराइले तिम्रो सिउदो भर्दा पनि मैले छुन सकिन|

सपनाहरु सिसा जस्तै चोइटिएर टुक्रा-टुक्रा भए
तिमि हास्दै थियौ दुलाहासंग म भने रुन सकिन|

खालि हात आए भेट्न मुरी-मुरी शुभकामना बोकी
मनमा एउटा घाउ पर्यौ आशु बगाई धुन सकिन|

मैले पनि माया तिमीलाई गरेकै थिए सके जति
उसले दिए जस्तो माया दिनु रैछ मैले जुन सकिन|

मैले दिए चोखो माया तिमीले चोट फिर्ता दियौ आज
बैगुनीलाई दिनलाई धेरै खोजे भेट्न गुण सकिन|
................................................................................