Saturday 14 May 2011

ग़ज़ल डी .पी . ओस्ती

ग़ज़ल

बिरामी अस्पतालमा सुताएकोछ
मन भित्रको ब्यथा लुकाएकोछ

कर्जा बुझाउन होला सायद
चारै तिरबाट ऋण जुटाएकोछ|

महिनौ भयो घर छोडेको पनि
खादै गरेको जागिर छुटाएकोछ|

सबथोक सिधिएर एउटा घर रयो
त्यो पनि साहुले समाज जुटाएकोछ

गरिब हुनु अपराध रैछ क्यार
थानामा झिकाएर कुट्नु-कुटाएकोछ|

No comments: