Sunday 24 November 2013


D.P. Osti Canada एउटा मान्छेको साथछ : आज भोली कुन्नि किन जिन्दगीमा बसंतले राज गर्दैछ हिजो सम्म उजाड़ यो जिन्दगीमा आज फेरी अली अली उमंगको पालुवा पलाउदैछ दोबाटोमा अलमलिएको यो जिन्दगीले आज फेरी दिशा लिएकोछ हिजो सम्म दिनलाई पनि अध्यारो देख्ने मेरा नयन आज औशीको रात पनि उज्यालो हुदैछ र मलाई थाहछ यो सब हुनुमा केवल एउटा मान्छेको हातछ| अनि निरंतर साथछ | अनगिन्ती मान्छेहरुको भिडमा पनि एक्लो यो जिंदगी आज केवल तिमी एक जनाको आगमनले रंगबिहिन जीवनमा सप्तरंग छाएकोछ वास्नाबिहिन जीवनमा सुवास भरेकोछ लक्षबिहीन जीवनलाई लक्षबोध गराकोछ र मलाई थाहछ यो सब हुनुमा केवल एउटा मान्छेको हातछ| अनि निरंतर साथछ | सायद , उराठ मेरो जिन्दगीमा तिम्रो आगमनले होला आशाको दीप बालेकोछ बर्षाको घाममा पनि शीतलताको महशुश हुन्छ शिशिरको जाडोमा पनि न्यानोपनको आभाष हुन्छ र मलाई थाहछ यो सब हुनुमा केवल एउटा मान्छेको हातछ | अनि निरंतर साथछ |