Thursday 10 November 2011

गजल

आखामा बसीदेउ आखाकी नानी भएर
हृदयमा बसी देउ मनकी रानी भएर .

मेरो मनको दरवार खुल्ला छ तिमीलाई
सुटुक्क आइ पसिदेउ मायाकी खानी भएर.

तिमीलाई नै हेरिरहु लाक्छ जीवन भरि
सुर्योदय संगै आइदेउ भेट्न बिहानी भएर

आफूलाई भन्दा धेरै तिम्रै माया लाग्छ
तिमी आइदिए सधै बस्थे जवानी भएर

तिमि साथ देऊ म विश्व विजय गर्छु
बाचिरहोस हाम्रो प्रेम कहानी भएर.