Sunday 5 May 2013


एउटा गजल तपाइका लागी ..... D.P.Osti Canada. कोट टाई भिर्दैमा मान्छे सब्य हुन्न है रेस्टुरेंट छिर्दैमा मान्छे सब्य हुन्न है | खान लाउन जिन्दगीमा रमाइलो गर्नु पर्छ रक्सी खाई गिर्दैमा मान्छे सब्य हुन्न है | ऋणको दल-दलमा डुबेकोछ निस्किसक्नु छैन जाडको पैसा तिर्दैमा मान्छे सब्य हुन्न है | झ्यामले कपाल कानमा मुंद्रा राती-राती हिडाइ निमुखालाई पिर्दैमा मान्छे सब्य हुन्न है |