Saturday 17 December 2011

डी . पी . ओस्ती
( क्यानडा)
फूल
फूल कोमल हुन्छन्
स्वच्छ हुन्छन्
अनी पबित्र पनि हुन्छन्
अझ कती फूल त सुगन्धित पनि हुन्छन्
यस्तो गुणै-गुण भएको फूलको
कती त अवगुण पनि हुन्छन्
कुनै फूल काडै-काडा बिच फूल्छन
कुनै फूल दुर्गन्धित हिलो भित्र फूल्छन
तर धेरै फूलहरु हाम्रै घर वरि-परी फूलेका हुन्छन
जाहा जसरि फूले पनि
फूल्, फूल नै हो
मन्छेको दृष्टिमा सबै फूल्
स्वच्छ छ्, पबित्र छ्
अनी उतिकै पुज्य पनि छ्
किन कि
फूल ईश्वरको सुन्दर सृजना हो रे
तर फूलालाइ सम्मान देख्ने
मान्छेको आखाले
फेरी कसरी ल्यायो
मान्छे-मान्छेमा भेदभावको भावना ?
काडै-कडा बिच फूलेको फूल
पवित्र हुन्छ भने
ती दुख, पीडा र बेदनामा बाचेका मान्छे
कसरी निच्, अछुत र अपबित्र हुन्छन ?
के ती ईश्वरका सृष्टी होईनन ?