Thursday 23 June 2011

बाटो र म

बाटो र म
डम्बर ओस्ती
क्यानेडा
(सेन्ट जोहन एन. बी.)


म हिडिरहेछु बाटोलाई पछ्याएर
बाटो पनि आहिरयेछ मलाई पछ्याएर
कस्तो बाटो रेयेछ ?
ऊ पनि मेरो नक्कल गर्दोरहेछ|
हिड्दा-हिड्दा थाकिसके म
अझ कति हिड्नु पर्ने हो,
कहिले उकाली त कहिले ओह्राली
कहिले तराइको उष्ण तापलाई उछिनेर दगुरे
कहिले हिमालका हीम थुम्काहरु टेकी
कहौ बिकराल टापुहरु नाची सके
कतै हरियाली, सुन्दर, रमणीय छ
कतै उराठ मरोभूमि |
जतिसुकै कस्टप्रद भए त पनि
आखिर हिड्नु नै छ
अनगन्ती दिनहरु त बितीसके
थाहा छैन अझ कति हिड्नु पर्ने हो?
गन्तब्य बिन्दु नै थाहा छैन
केवल बाटोको सहाराले हिडिरहेछु
अन्योल र दिशाविहीन मार्ग चित्र बोकेर
शिथिल छु
लाचार छु
विवस छु
यद्यपी हिडिरहेछु |
केवाल बाटोसंगा लठारिएर
कैले ऊ अघि लगेर त कैले म अघि लागेर
सायद यसैलाई भन्दारहेछन क्यार मान्छेहरु
जीवान यात्रा |

Tuesday 7 June 2011

भविष्यको खोजि - (डम्बर ओस्ती)

म अतीतलाई सम्झिन्छु र वर्तमान जीउछु
वर्तमान माथि टेकेर भविष्य चियाउछु
अध्यारो बिगतमा कल्पना गरेका
अनगन्ती सपनाहरु
यतिखेर रात-दिन लगायर खोजिरहेछु
तितो अतित,शाघर्षशील वर्तमान र सुन्दर भविष्य
यथार्थ, भोगाई र कल्पना रहेछ
त्रिकोणात्मक मखेसांलो भित्र छु म
भविष्य छाया जस्तै रहेछ
जति पच्छ्याए पनि नभेटिने
वर्तमानबाट मात्र भविष्यको कल्पना गरिन्छ
तर यथार्थमा
भविष्य जहिले पनि कल्पनाको संसार रहेछ
यद्धपि म पच्छ्याइरहेछु
मेरो सुन्दर अनि शान्त भविष्यलाई
कल्पनाको आधिबेरी भित्र रुमोलिएर |

Friday 3 June 2011

As I talked about traffic accident in Nepal, this picture shows an example to prove it. This accident occurred in the East Nepal, where we used to live.