Tuesday 7 June 2011

भविष्यको खोजि - (डम्बर ओस्ती)

म अतीतलाई सम्झिन्छु र वर्तमान जीउछु
वर्तमान माथि टेकेर भविष्य चियाउछु
अध्यारो बिगतमा कल्पना गरेका
अनगन्ती सपनाहरु
यतिखेर रात-दिन लगायर खोजिरहेछु
तितो अतित,शाघर्षशील वर्तमान र सुन्दर भविष्य
यथार्थ, भोगाई र कल्पना रहेछ
त्रिकोणात्मक मखेसांलो भित्र छु म
भविष्य छाया जस्तै रहेछ
जति पच्छ्याए पनि नभेटिने
वर्तमानबाट मात्र भविष्यको कल्पना गरिन्छ
तर यथार्थमा
भविष्य जहिले पनि कल्पनाको संसार रहेछ
यद्धपि म पच्छ्याइरहेछु
मेरो सुन्दर अनि शान्त भविष्यलाई
कल्पनाको आधिबेरी भित्र रुमोलिएर |

No comments: