Wednesday 29 December 2010

      

गजल 
नारीलाई पैतालाको धुलो सम्झिने यो सीताको देश हो
छोयर जतिसुकै झूठ बोल्न पाईने यो गीताको देश हो

 जति नै भलो गर्न खोजे पनि उल्टै कुभलो हुन्छ यहाँ
यो सतीको श्राप अनि भिम मल्लको चित्ताको देश हो

कोहि जङ्गलतिर पस्छन, कोहि सुरा सुन्दरीतिर फस्छन्
यो यिनै भोलिको  राष्ट्र हाँक्ने कर्णधार ठिटाको देश हो

 घरमा वेद र पूराण छाँटेर आफूचाहीँ भट्टिमा लडने
यो यस्तै—यस्तै पाखण्डी र भ्रष्ट पण्डितपिताको देश हो

योग्यता र पढाईलाई रद्दिको टोकरीतिर फाले हुन्छ
यो फरियावाद सोर्सफोर्स अनि पैसाका विटाको देश हो

                                   मिलनप्रसाद कोईराला

Monday 27 December 2010

  
गजल        (डन्बर  ओस्ती)

मलाई मर्नु मनै छैन तिमीले  मर भन्दा  हुन्छ ?
मलाई गर्नु मनै छैन तिमीले गर  भन्दा  हुन्छ ?


उनी निर्दयी थिइन मलाई छोडी सँसाइ सारीन कतै
मलाई सर्नु मनै छैन तिमीले सर भन्दा हुन्छ ?

उनी झरिन रे नर्कमा कर्मको फल भोग्नलाई
मलाई झर्नु मनै छैन तिमीले झर भन्दा हुन्छ ?


मायाको  लडाइँ लड्छु भन्थिन रे उनी कसैसँग
मलाई लर्नु मनै छैन तिमीले लर भन्दा हुन्छ ?


उनी माया अन्जुलीले भर्दिरैछिन ब्यपारमा झैं
मलाई भर्नु मनै छैन तिमीले भर भन्दा हुन्छ ?
 

Friday 24 December 2010

रुवाइ
जीन्दगीमा पहिलो चोटी भेटभाको उनलाई मन पर्यो
दिनमा आउने घाम भन्दा पूर्णिमाको जूनलाई मन पर्यो

बल भन्दा बुद्धी ठूलो बुद्धी कैले आउला जीवनमा
दैनिक प्रयोग हुने फलाम भन्दा सून मन पर्यो ।

Thursday 23 December 2010

                                गजल -डम्बर  ओस्ती

          
माया  गर्नेहरुलाई माया गरिदेउ "जिजस्"
पापीहरुको हृदयमा दया भरिदेउ "जिजस्"


तिमी जन्मिएथ्यौ धर्तिमा पाप पखल्नलाई
चोखो-पबित्र आत्मा भित्र सरिदेउ "जिजस"


शान्ति र शदभाव खोज्दैछौँ आज हामी
एक चोटी फेरी पृथ्विमा झरिदेउ "जिजस"
"


काटमार   अनि   लुटपाट   बढिरहेछ  अचेल
हेर्दा सबै एकैछन्, पापी भाव हरिदेउ "जिजस" ।


तिम्रो प्रतिक  "क्रुस"  पुज्य छ आज पनि
पाप पखाल्न फेरी एक चोटी मरिदेउ "जिजस"

Saturday 11 December 2010

गजल ( डम्बर पी ओस्ती )

Resettled folks in Canada perform cultural show

गजल

तिमी र म जुन बाटो हिड्थ्यौ त्यो हाम्रो साजा थियो

गोप्य अनि गम्बिर कुरा हुन्थे  त्यो हाम्रो माजा थियो ।


संस्कृती र सब्यताको चिनारिले बनपखा गुन्जिरन्थ्यो

बजाइन्थो सबै मिली समाजमा त्यो हाम्रो बाजा तियो ।


सुन्दर बस्ती उठाएर जनतलाई खेदाएको यथार्थ हो

रक्षस जस्तो सरकारको नेता त्यो हाम्रो राजा थियो ।


खेती किसान मेलापात घाँस दाउरा रमाइलो पाखा

हरियाली वन चिसो हावा त्यो हाम्रो ताजा थियो ।


असारमा बेठी लगाइ धान रोप्ने रोपार कती राम्री

दोपरे र दही चिउरा मिठो त्यो हाम्रो खाजा थियो ।

Thursday 9 December 2010

गजल ( डम्बर पी ओस्ती )


सुनाउन लाज लाग्छ यतीनजेल उनकैलागी बाँचे

मुटु भरी अजम्बरी माया पनि उनकैलागी साँचे ।

 
कस्तो माया लाएछु मैले दुई दिनमै छोडीजाने

अनिच्छा मै कती ठाउँ कसम्, उनकैलागी नाँचे ।

 
हिजो-आज मेरै सामु मुन्द्रेसँग हिड्छिन अगिपछी

माया गर्लिन भनेरनै करङ पनि उनकैलागी भाँचे ।

 
धुर्त रैछिन माया भन्दा पैसा ठुलो ठान्दिरैछिन उनी

अध्याँरोमा अरुको खल्ती कतिचोटी उनकैलागी जाँचे ।

Saturday 4 December 2010

सकिन बाँढ्न नयावर्षको शुभकामना   डम्बर ओस्ती (क्यानेडा)
  
नया वर्ष आयो


शुभकामना आदन प्रदान हुन थाले

मलाई पनि शुभकामना आइरहेका छन्

सोच्दैछु

यसपालिको नया वर्षमा के शुभकामना साटु

सबैले सफलताको कामना गर्छन्

खोइ म त आफै

असफल जीवन भोगिरहेछु

कसरी दिउ अरुलाई सफलताको शुभकामना

आफैँ गतिहीन छु

कसलाई दिउ प्रगतिको शुभकामना

आफ्नै लक्ष हरइरहेको अवस्थामा

कसलाई गरुँ लक्ष प्राप्तीको कामना

आफैँ अस्पतलको शैयामा बिहोस छु

कसलाई दिँउ सुस्वस्थको शुभकामना

आफू नै रिणमा चुर्लुम्म डुबेकोछु

खोइ कसलाई दिउँ

सम्वृद्धिको शुभकामना

त्यसैले मित्रहरु

सकिन बाढ्न नयावर्षको शुभकामना