Friday 28 January 2011

My blind love ( Damber Osti)
This is me to you.
I’ve been living for you
God created me for you
The earth is holding me to love you
It holds me until this life is over
I can’t keep others in my heart
I can’t think of anyone in my mind
Oh! My dearest!
I promised you
Nobody comes in my life
Except you
While in calm
I long for you
When I look at others
I see your face on them
While walking across the street
I feel that I’m walking with you
You’re my way
You’re my life
You’re every thing for me
You’re my heart beat
Beating second after second
I’ m very loyal to you
In order to get you love.

Sunday 16 January 2011

मेरो भाषा ( डम्बर ओस्ती )


गौरव छ म नेपाली भएकोमा
अझ गौरव छ मलाई
म नेपाली भाषी भएकोमा
वा! कती विशाल छ!
शान्त, शौम्य र सब्य छ
लालित्य छ
आलंकारिक छ
त्यसैले ----------
मलाई गौरव छ----
मेरो भाषा प्रति
मलाई थाहा छ
मेरो भाषा विभिधिता भित्रको एकता हो
अनेकतालाई एकतामा ल्याउने
सुत्रधार हो ।
अनी विश्व भरि बोलिने भाषा हो ।
नेपालीहरु जहाँछन्
त्याहाँ नेपाली भाषा छ
नेपाली भाषिहरु जहाँछन्
त्यहाँ नेपाल छ ।
त्यसैले मलाई गौरव छ
मेरो भाषाको----
पवित्र छ
आत्मिक छ
मलिन छ
म जहाँ जान्छु
त्यहा नेपाली भाषा बोल्छु
मुना मदन र रामायाण पड्छु
मलाई गौरव छ
मेरो भाषा प्रति
किन कि--------
कोहिली झैमृदुल छ
नदी झैं तेजिलो छ
झर्ना झैँ पवित्र छ
हिमाल झैँ अटल छ ।
किन कि मेरो भाषा ------
विश्वको सर्वोच्च शिखर
सगरमाथामा बोलिन्छ ।

Monday 10 January 2011

उनी मरेकी छैनन्

उनी मरेकी छैनन्
हो ! उनी मरेकिछैनन्
जब म एकान्तमा हुन्छु
उनी मेरो छेउमा आउछिन र भन्छिन्----------
तिमी मसँग किन नबोलेको ?
के तिमी मसँग रिसाको हो ?
म झ्वास्स हुन्छु र -----------------
उनको कोमल हात समाउन पुग्छु
तर अपसोस -------------
उनी मेरनयनको बाटो हुँदै--
छितिजमा हात हल्लौदै गरेकी हुन्छिन्
एक झलक फर्केर हेर्छिन र भन्छिन्--
बसहै भोली आउछु ल-------
हो उनी मरेकी छैनन््
जब मध्य रात हुन्छ
उनी फेरी मेरो केस राशी स्पर्श गर्दै भन्छिन्
मलाई माफ गरा है---
मैले तिमीलाई चोट पुर्याएकोछु-----
म आश्चर्यचकित हुँदै भन्छु
किन रिसनु र मेरी प्राण पखेरु !
बरु भनन यतिका दिन तिमी कहाँ थियौ ?
तिम्रो बियोगले
म पानी बिनको माछा झैँ तड्पिरहेछु
दुनियाले मलाई भ्रममा सुताएछन्
तिमी मरेउ रे!
तिम्रो र मेरो प्रेमको अन्त्य भयो रे!
छ्या! कति निच बिचार !
म धाराप्रवाहा बगिरहेछु
उनका दुबै नयनहरु आँसुका तालमा डुबेका थिए
उनी निशब्द रहिन्
म भावबिभर थिए
हामी एक आपसमा अंकमाल गरिरहेका थिउँ
म भवानामा तैरिरहेको थिएँ
हामी दुबै जना मौनतामा बिलिन थियौँ
हामी यौवनको चारम शिखरमा मुग्दइ थिउँ
म अफुलाई समाल्ने प्रयास गरिरहेकोथिएँ
अनि म आफुलाई समाल्न नसकेर चिच्यएछु
"आइ ...........लोव............ यू......................"
तर अप्सोछ !
म त एक्लई रहेछु
यो त एउटा मेरी उनिसँगको
अपुरो सपना पो रहेछ ।
हो त्यसैले उनी मरेकी छैनन्
किन कि सपना मै भए पनि
उनी मलाई मिठो माया  गरिरहेछिन ।
                        डम्बर ओस्ती

गीत



कसरी सम्झौ  म आफ्नै बिदाइको क्षेण मायालु
हजारौँको भिडबाट निशब्द बोल्दैथिन मेरी मायालु ।

चाहेर होईन विवस्ताले गर्दा तिमीदेखी छुट्नु परेको
म पनि तिम्रो बियोगले पागल भएको छु मायालु।

हजारौँ बाचा गरेथें तिमीलाई लिन फर्किन्छु भनेर
म विवसछु ऐले कसरी भनुँ म आउन सक्दिन भनेर ।

म पापी हुँ धोकेबाज हुँ समयले मलाई यस्तै बनायो
न निल्न सके न उकेल्न सक्छु मायाले यस्तै बनायो ।

आँसुको भेलमा तिमी त्यहाँ बग्दैछौं  म यहाँ बग्दैछु
मायाको  भेलले कुनै दिन दोभनमा भेट्ने आशामा बाँच्दैछु ।

न तिम्रो सिउँदो सजाउन सके न हाँस्न दिएँ खुशिले
त्यसो  त मायालु म पनि यहाँ बाँच्न के सक्थे खुशिले।

Sunday 9 January 2011

रुवाई   ( डम्बर  ओस्ती )
बिहानको शित जस्तो तिम्रो प्रीत क्षिण भरमा सुकी गयो
हिमाको  घाम   जस्तो   तिम्रो  प्रीत  हेर्दा-हेर्दै  लुकी  गयो ।


तिमीसँग मिठो माया साट्ने रहर मुटु भरी साँचेको थिएँ
पहाड जस्तो तिम्रो माया कसरी पो मेरो सामु झुकी गयो ।
 रुवाई   ( डम्बर  ओस्ती )

मैले पनि बन्दुक बोके जीवनमा पड्काउने ठाउँ पाईँन्
घात अनि प्रतिघात भए धेरै तेसको कुनै भाउ पाइँन । 


मध्य रात भए पछी मेरो संसार सुरु हुन्थ्यो अनि
तर अचेल आफैँलाई सम्बोधन गर्ने कुनै नाउँ पाइँन