Sunday 16 January 2011

मेरो भाषा ( डम्बर ओस्ती )


गौरव छ म नेपाली भएकोमा
अझ गौरव छ मलाई
म नेपाली भाषी भएकोमा
वा! कती विशाल छ!
शान्त, शौम्य र सब्य छ
लालित्य छ
आलंकारिक छ
त्यसैले ----------
मलाई गौरव छ----
मेरो भाषा प्रति
मलाई थाहा छ
मेरो भाषा विभिधिता भित्रको एकता हो
अनेकतालाई एकतामा ल्याउने
सुत्रधार हो ।
अनी विश्व भरि बोलिने भाषा हो ।
नेपालीहरु जहाँछन्
त्याहाँ नेपाली भाषा छ
नेपाली भाषिहरु जहाँछन्
त्यहाँ नेपाल छ ।
त्यसैले मलाई गौरव छ
मेरो भाषाको----
पवित्र छ
आत्मिक छ
मलिन छ
म जहाँ जान्छु
त्यहा नेपाली भाषा बोल्छु
मुना मदन र रामायाण पड्छु
मलाई गौरव छ
मेरो भाषा प्रति
किन कि--------
कोहिली झैमृदुल छ
नदी झैं तेजिलो छ
झर्ना झैँ पवित्र छ
हिमाल झैँ अटल छ ।
किन कि मेरो भाषा ------
विश्वको सर्वोच्च शिखर
सगरमाथामा बोलिन्छ ।

No comments: