Monday 10 January 2011

उनी मरेकी छैनन्

उनी मरेकी छैनन्
हो ! उनी मरेकिछैनन्
जब म एकान्तमा हुन्छु
उनी मेरो छेउमा आउछिन र भन्छिन्----------
तिमी मसँग किन नबोलेको ?
के तिमी मसँग रिसाको हो ?
म झ्वास्स हुन्छु र -----------------
उनको कोमल हात समाउन पुग्छु
तर अपसोस -------------
उनी मेरनयनको बाटो हुँदै--
छितिजमा हात हल्लौदै गरेकी हुन्छिन्
एक झलक फर्केर हेर्छिन र भन्छिन्--
बसहै भोली आउछु ल-------
हो उनी मरेकी छैनन््
जब मध्य रात हुन्छ
उनी फेरी मेरो केस राशी स्पर्श गर्दै भन्छिन्
मलाई माफ गरा है---
मैले तिमीलाई चोट पुर्याएकोछु-----
म आश्चर्यचकित हुँदै भन्छु
किन रिसनु र मेरी प्राण पखेरु !
बरु भनन यतिका दिन तिमी कहाँ थियौ ?
तिम्रो बियोगले
म पानी बिनको माछा झैँ तड्पिरहेछु
दुनियाले मलाई भ्रममा सुताएछन्
तिमी मरेउ रे!
तिम्रो र मेरो प्रेमको अन्त्य भयो रे!
छ्या! कति निच बिचार !
म धाराप्रवाहा बगिरहेछु
उनका दुबै नयनहरु आँसुका तालमा डुबेका थिए
उनी निशब्द रहिन्
म भावबिभर थिए
हामी एक आपसमा अंकमाल गरिरहेका थिउँ
म भवानामा तैरिरहेको थिएँ
हामी दुबै जना मौनतामा बिलिन थियौँ
हामी यौवनको चारम शिखरमा मुग्दइ थिउँ
म अफुलाई समाल्ने प्रयास गरिरहेकोथिएँ
अनि म आफुलाई समाल्न नसकेर चिच्यएछु
"आइ ...........लोव............ यू......................"
तर अप्सोछ !
म त एक्लई रहेछु
यो त एउटा मेरी उनिसँगको
अपुरो सपना पो रहेछ ।
हो त्यसैले उनी मरेकी छैनन्
किन कि सपना मै भए पनि
उनी मलाई मिठो माया  गरिरहेछिन ।
                        डम्बर ओस्ती

No comments: