Friday 22 April 2011

संसारलाई हँसाउने हरिबंश आँफै रूँदा समाचार श्रोत - फ्लिमिखर.कम



सारा संसारलाई हँसाउने बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य आज आँफै रोएका छन् । आफूलाई हँसाउने हरिबंश रोएको देख्दा आज सारा देशबासी पनि उनीसँगै रोएका छन् । आफ्नी धर्मपत्नी मिरा आचार्यको बुधबार निधन भएपछि उनका आँखाबाट दिनभरी नै आँशुका धारा बगेका थिए ।

मष्तिस्क पक्षघातका कारण ४६ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा बुधबार निधन भएपछि उनले अस्पतालमै श्रीमतीलाई दुलही झैं सिंगारेर चुरा पोते को साथमा अन्तिम सिन्दुर लगाई दिएका थिए । जब उनले श्रीमतीलाई सिन्दुर लगाई दिए त्यसपछि उनले आफ्नो मनलाई थाम्न सकेनन् र भक्कानिए । उनी रोएको देखेपछि हरिबंश कै लगानी रहेको सो मोडल अस्पतालमा उपस्थित उनका शुभचिन्तकहरू पनि भक्कानिदै रोएका थिए ।

मिराको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्वाञ्जली दिने क्रममा पनि हरिबंश निकै रोएका थिए । उनका साथमा दुई छोरा त्रिलोक र मोहित पनि बुवासँगै भावबिह्वल भएका थिए । पशुपति आर्यघाटमा अन्तिम श्रद्वाञ्जली दिन नेपाली सिनेमा क्षेत्रका चिरपरिचित अनुहार तथा राजनितिज्ञहरूको बाक्लो उपस्थिती थियो भने सयौं सर्वसाधारणहरूको पनि उपस्थिती रहेको थियो ।

आफ्नी श्रीमतीलाई निकै माया गर्ने हरिबंशले मिरासँग २०४० सालमा मागी विबाह गरेका थिए । केहि समय अगाडी एक पत्रिकालाई अर्न्तवार्ता दिने क्रममा उनले भनेका थिए, 'म हरेक दिन घरबाट निस्कने क्रममा एक पटक उनलाई किस गरेर निस्कन्छु ।' यसबाट के प्रष्ठ हुन्छ भने उनले श्रीमतीलाई आफूभन्दा पनि धेरै माया गर्थे । यसरी आफ्नो प्राण भन्दा प्यारो मान्छेलाई गुमाउनु पर्दा हरिबंशको मन कति रोयो होला त्यसको अनुमान सायदै कसैले लगाउन सक्दैन होला ।

हरेक पुरूषको सफलताको पछाडी स्त्रीको हात हुन्छ भने झैं हरिबंश सफल हुनुको पछाडी उनकी धर्मपत्नी मिराको पनि ठूलो हात थियो रे । तर दैबको खेल नै अचम्मको छ । जस्ले धेरै माया गर्छ त्यसलाई नै दैबले खोसेर लैजान्छ । आज हरिबंशको जीवनमा त्यस्तै भएको छ । आज हरिबंशले आफूलाई माया गर्ने श्रीमती गुमाउनु परेपनि उनलाई र उनको कलाकारितालाई माया गर्ने धेरै नेपालीको मायामा कहिल्यै कमी नआओस् भन्दै यस दुःखद घडीमा दिबंगत हुनुभएकी मीराको आत्माको चिर शान्तिको कामना गर्दै फिल्मीखबर डटकम परिवार शोक सन्तप्त हरिवंश आचार्य र सिंगो परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछ ।

Sunday 10 April 2011

गजल - डी. पी . ओस्ती.

कुन जुनीको पापले गर्दा म त तिम्रो हुन सकिन
पराइले तिम्रो सिउदो भर्दा पनि मैले छुन सकिन|

सपनाहरु सिसा जस्तै चोइटिएर टुक्रा-टुक्रा भए
तिमि हास्दै थियौ दुलाहासंग म भने रुन सकिन|

खालि हात आए भेट्न मुरी-मुरी शुभकामना बोकी
मनमा एउटा घाउ पर्यौ आशु बगाई धुन सकिन|

मैले पनि माया तिमीलाई गरेकै थिए सके जति
उसले दिए जस्तो माया दिनु रैछ मैले जुन सकिन|

मैले दिए चोखो माया तिमीले चोट फिर्ता दियौ आज
बैगुनीलाई दिनलाई धेरै खोजे भेट्न गुण सकिन|

Tuesday 5 April 2011

ग़ज़ल

डी. पी . ओस्ती.

तिमी हराएर होकी
म पो कराएर होकी |

हिडदै थियौ अरुसंगै
बोलेनौ डराएर होकी |

झर्किएर बोल्यौ तिमी
उसलाई मनपराएर होकी|

पोटिलो देखिन्थ्यौ तिमी
सायद चराएर होकी !

कुरा काटे झैँ लाग्यो
बुझिएन थर्थराएर होकी |