Literature

पत्रोत्तर
पत्रमा सोधेको थिएँ
के हुँदैछ नेपालामा ?
मित्र अघाडी लेक्छन् ……………
उत्तर के दिउ?
खास केहि छैन
सब ठिक छ
सरकार विहिनताको महसुस गर्दैछन् जनताहरु
नेतृत्व बिहिन छ राज्य
देशको भविष्य अन्योल र चिन्ताजनक छ
त्यस्तो खास केहि छैन
यस्तै सामान्य मात्र हो
बाँकि सब ठिक छ.
सरकार अन्योल र उदाशिनछ
जनता प्रति उत्तरदाई छैन
सत्ता र कुर्सिको लडाइमा लाचार छ/ लोलुप छ
दिन दुइ गुना रात चार गुनाको दरले
महंगीले जनताको ढाड सेकिरहेछ
युवा शक्ति विदेश पलायन भैरहेछन
त्यस्तो विशेष केहि छैन
यस्तै सामान्यता मात्र हो
बाँकि सब ठिक छ
सरकार विशेष शान्ति सुरक्षाको योजना बनाउदैछ
दिन दहाडै हत्या, हिंशा र आतंक छ
राजधानीको मुख्य सडकमा बम पद्कैदैछ
लोड्शेडिङ र चन्दा आतंकले
कल-कारखानाहरु एक पछी आर्को बन्द हुदैछन
पेट्रोलिंम पदार्थको भाउ चुलिरहेछ
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
रोल्पा, डोल्पा , बाजाग र बाजुरामा
झाडा पखालाको माहामारिछ
हुम्ला , जुम्ला , मनंग-मुस्तांग र कर्णालीमा
खाद्य सङ्कट छ
स्वेत्तताको नाममा राज्य गृय युद्ध तिर धकेलिदैछ
घुसखोरी र भ्रस्ताचारिहरुको अझ बिगबिगीछ
त्यस्तो वर्णनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
तराइका भूमिगत शक्तिले
व्यक्ति अपहरण र चन्दा अशुलिरहेछ्न
एक पछी अर्को पत्रकारको हत्या भैरहेछ
सुस्त, महेपुर, कालापानी, पशुपतिमा
सिमंकित किल्ला हराइरहेछन्/ सारिदैछन्
दिन प्रती दिन नेपाली भूमी साँघुरिदैछ
विकासको नाममा भौतिक पुर्वाधारहरु भात्किरहेछन
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
सिङ्ग दरवार रेस्लिंग सिकाइने थलो भएकोछ
संसद भवन युद्ध मैदान भएकोछ
मन्त्रीहरु विदेश भ्रमण तिर ब्यस्त छन
सांसदहरुको दिनहुँ झगडा
केवल आफ्नो आयु बढाउन समय थप्न भने छिट्टो मिल्छन

त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
अश्तु
डी. पी. ओस्ती

strong>My blind love
Damber Osti

This is me to you.
I’ve been living for you
God created me for you
The earth is holding me to love you
It holds me until this life is over
I can’t keep others in my heart
I can’t think of anyone in my mind
Oh! My dearest!
I promised you
Nobody comes in my life
Except you
While in calm
I long for you
When I look at others
I see your face on them
While walking across the street
I feel that I’m walking with you
You’re my way
You’re my life
You’re every thing for me
You’re my heart beat
Beating second after second
I’ m very loyal to you
In order to get you love.






मेरो भाषा ( डम्बर ओस्ती )

गौरव छ म नेपाली भएकोमा
अझ गौरव छ मलाई
म नेपाली भाषी भएकोमा
वा! कती विशाल छ!
शान्त, शौम्य र सब्य छ
लालित्य छ
आलंकारिक छ
त्यसैले ----------
मलाई गौरव छ----
मेरो भाषा प्रति
मलाई थाहा छ
मेरो भाषा विभिधिता भित्रको एकता हो
अनेकतालाई एकतामा ल्याउने
सुत्रधार हो ।
अनी विश्व भरि बोलिने भाषा हो ।
नेपालीहरु जहाँछन्
त्याहाँ नेपाली भाषा छ
नेपाली भाषिहरु जहाँछन्
त्यहाँ नेपाल छ ।
त्यसैले मलाई गौरव छ
मेरो भाषाको----
पवित्र छ
आत्मिक छ
मलिन छ
म जहाँ जान्छु
त्यहा नेपाली भाषा बोल्छु
मुना मदन र रामायाण पड्छु
मलाई गौरव छ
मेरो भाषा प्रति
किन कि--------
कोहिली झैमृदुल छ
नदी झैं तेजिलो छ
झर्ना झैँ पवित्र छ
हिमाल झैँ अटल छ ।
किन कि मेरो भाषा ------
विश्वको सर्वोच्च शिखर
सगरमाथामा बोलिन्छ ।

Resettled folks participate in cultural event
   रुवाई   ( डम्बर  ओस्ती )

बिहानको शित जस्तो तिम्रो प्रीत क्षिण भरमा सुकी गयो
हिमाको  घाम   जस्तो   तिम्रो  प्रीत  हेर्दा-हेर्दै  लुकी  गयो ।


तिमीसँग मिठो माया साट्ने रहर मुटु भरी साँचेको थिएँ
पहाड जस्तो तिम्रो माया कसरी पो मेरो सामु झुकी गयो ।



रुवाई   ( डम्बर  ओस्ती )

मैले पनि बन्दुक बोके जीवनमा पड्काउने ठाउँ पाईँन्
घात अनि प्रतिघात भए धेरै तेसको कुनै भाउ पाइँन ।

मध्य रात भए पछी मेरो संसार सुरु हुन्थ्यो अनि
तर अचेल आफैँलाई सम्बोधन गर्ने कुनै नाउँ पाइँन .


तिमी र म जुन बाटो हिड्थ्यौ त्यो हाम्रो साजा थियो

गोप्य अनि गम्बिर कुरा हुन्थे  त्यो हाम्रो माजा थियो ।



संस्कृती र सब्यताको चिनारिले बनपखा गुन्जिरन्थ्यो

बजाइन्थो सबै मिली समाजमा त्यो हाम्रो बाजा तियो ।



सुन्दर बस्ती उठाएर जनतलाई खेदाएको यथार्थ हो

रक्षस जस्तो सरकारको नेता त्यो हाम्रो राजा थियो ।



खेती किसान मेलापात घाँस दाउरा रमाइलो पाखा

हरियाली वन चिसो हावा त्यो हाम्रो ताजा थियो ।



असारमा बेठी लगाइ धान रोप्ने रोपार कती राम्री

दोपरे र दही चिउरा मिठो त्यो हाम्रो खाजा थियो ।



 

 गजल
सुनाउन लाज लाग्छ यतीनजेल उनकैलागी बाँचे
मुटु भरी अजम्बरी माया पनि उनकैलागी साँचे ।
 
कस्तो माया लाएछु मैले दुई दिनमै छोडीजाने
अनिच्छा मै कती ठाउँ कसम्, उनकैलागी नाँचे ।
 
हिजो-आज मेरै सामु मुन्द्रेसँग हिड्छिन अगिपछी
माया गर्लिन भनेरनै करङ पनि उनकैलागी भाँचे ।
 
धुर्त रैछिन माया भन्दा पैसा ठुलो ठान्दिरैछिन उनी
अध्याँरोमा अरुको खल्ती कतिचोटी उनकैलागी जाँचे ।
गजल  ( ४ )
मने अचेल धुरु-धुरु रुन्छ
धने कहाँ उसलाई 
 सुन्छ।
गंगे प्राय: भोकै बस्छ
साहु दूधले हात धुन्छ ।

रामे झेली कुरा गर्छ
मौका हेरी जाल  बुन्छ ।

बिर्खे मुटु घोची बोल्छ
हर्के मनमा कुरा गुन्छ ।

साने सुनको कुरा गर्छ
बिरे आङ्को  
लुगा तुन्छ ।
मान्छे-मान्छे किन यस्तो ?
त्यसै-त्यसै मन रुन्छ ।


1.गजल (डम्बर ओस्ती)

भन्ने कुरा धेरै थिए भन्ने मन छैन
नांगिएछु कठै! लुगा किन्ने धन छैन.

दुनियाले अनायस्यै हेप्छन अचल्
समाजमा बोलिदिने कोही जन छैन.

भिखारी झैं घुम्नलाई भेस छैन
तपस्या गर्न जाउँ कुनै वन छैन.


दुस्मनहरु घेरालाई छेक्छन मलाई
शिरमा ठोकी मार्नलाई कुनै घन छैन.

साथीभाइ गए कता आफू एक्लो भएँ
सम्झनछ मनभरी बोल्नलाई फोन छैन .


2.गजल (डम्बर ओस्ती)
हिजो सम्म राम्रैथिइन तर आज समाज जुटान्
माइती पक्ष बोलाएर मेरो छिसा पसिना छुटाइन ।


जे-जे मनमा आउछ उनको त्यही गर्छिन उनी
आज बिहान हातका चुरा अनि पोते चुटाइन ।


बजार जाँदा एकले जन्छिन पैसा मग्छिन धेरै
मुखमा चुरोट हतमा बोतल नाठासँग मजा लुटाइन ।


अनुहार मात्र राम्रो रैछ बानी रक्षसको जस्तो
छिमेकमा अचेल उनले आवत-जावत टुटाइन ।


भाग्यलाई दोष दिउकी कर्म मेरो खोटो रैछ
भन्न पनि लाजैमर्दो डाँगा बोलाई मलाई कुटाइन । 


कहिले साडि,कहिले पेन्ट कहिले मक्सी भन्छिन्
बाज्न-जुध्न खपिस रैछिन लौन प्रभू बास उठाइन ।