Monday 10 January 2011

गीत



कसरी सम्झौ  म आफ्नै बिदाइको क्षेण मायालु
हजारौँको भिडबाट निशब्द बोल्दैथिन मेरी मायालु ।

चाहेर होईन विवस्ताले गर्दा तिमीदेखी छुट्नु परेको
म पनि तिम्रो बियोगले पागल भएको छु मायालु।

हजारौँ बाचा गरेथें तिमीलाई लिन फर्किन्छु भनेर
म विवसछु ऐले कसरी भनुँ म आउन सक्दिन भनेर ।

म पापी हुँ धोकेबाज हुँ समयले मलाई यस्तै बनायो
न निल्न सके न उकेल्न सक्छु मायाले यस्तै बनायो ।

आँसुको भेलमा तिमी त्यहाँ बग्दैछौं  म यहाँ बग्दैछु
मायाको  भेलले कुनै दिन दोभनमा भेट्ने आशामा बाँच्दैछु ।

न तिम्रो सिउँदो सजाउन सके न हाँस्न दिएँ खुशिले
त्यसो  त मायालु म पनि यहाँ बाँच्न के सक्थे खुशिले।

No comments: