गजल
सिसा झैँ टुक्रिएको मन मिलाउने कोसिस नगर
भुवा सरि फाटेको मन सिलाउने कोसिस नगर |
निर्दयी ती तिम्रा हात हुन मेरो भावना जलाउने
अब उखेलेर फेरी जिलाउने कोसिस नगर |
छुरा हानेको मुटु आलो रगत बगिरको छ
भयो अब जहर खिलाउने कोसिस नगर |
जिउँदो जस्तो देखिने यो मृत लासलाई फेरी
यो नाटकीय अमृत पिलाउने कोसिस नगर |
अपराध आफु गरि अभियोग मलाई लगायौ
भयो अब न्याय दिलाउने कोसिस नगर !
DEEPEEOSTEE
सिसा झैँ टुक्रिएको मन मिलाउने कोसिस नगर
भुवा सरि फाटेको मन सिलाउने कोसिस नगर |
निर्दयी ती तिम्रा हात हुन मेरो भावना जलाउने
अब उखेलेर फेरी जिलाउने कोसिस नगर |
छुरा हानेको मुटु आलो रगत बगिरको छ
भयो अब जहर खिलाउने कोसिस नगर |
जिउँदो जस्तो देखिने यो मृत लासलाई फेरी
यो नाटकीय अमृत पिलाउने कोसिस नगर |
अपराध आफु गरि अभियोग मलाई लगायौ
भयो अब न्याय दिलाउने कोसिस नगर !
DEEPEEOSTEE
No comments:
Post a Comment