Saturday 13 November 2010

गजल (डम्बर पी ओस्ती )

भन्ने कुरा धेरै थिए भन्ने मन छैन
नांगिएछु कठै! लुगा किन्ने धन छैन

दुनियाले अनायस्यै हेप्छन अचल्
समाजमा बोलिदिने कोही जन छैन

भिखारी झैं घुम्नलाई भेस छैन
तपस्या गर्न जाउँ कुनै वन छैन

दुस्मनहरु घेरालाई छेक्छन मलाई
शिरमा ठोकी मार्नलाई कुनै घन छैन

साथीभाइ गए कता आफू एक्लो भएँ
सम्झनछ मनभरी बोल्नलाई फन छैन

 

No comments: