Thursday 10 March 2011

मध्य रातमा छोडी आए ब्युझिएर रोयौ होला
मनको पीर आखाबाट आशु झारी धोयौ होला.

तिमीलाई छोड्नु रहर होइन वाध्यताले जित्यो
चखेवा झैँ हाम्रो जोडी आज भोलि "खोयौ" होला.

तिम्रो माया मुटु भरि सजाएर बचेकोछु प्रदेशमा
सपनीमा देखि मलाई ब्युझिएर छोयौ होला

तिमी बिना जिन्दगी यो अधुरो छ कसले बुझी दिने
मन भित्रको दुधेरीमा भावनाका धाराहरु दोयौ होला .

No comments: