Thursday 10 March 2011

रक्सी र म

सुरु-सुरुमा
रहरले पीएको थिए रक्सी
जब लत बस्यो
वाध्यताले पिउन थाले
वाध्यताले पिउदा-पिउदै
जिउनलाई पिउन थाले
पिउदा-पिउदै कति पीए
आज भोलि
पिउनलाई जिउन थाले

No comments: