Wednesday 23 February 2011

कान्तिपुरद्वारा
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र 'मनमनै मन पराएँ' को देशव्यापी प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राजेन्द्र उप्रेतीद्वारा निर्देशित यो चलचित्रमा राज तिमल्सिना, ऋचा सिंह ठकुरी, मुकेश ढकाल, जयकिशन बस्नेत, मिथिला शर्मा, सुनिल थापा आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा नायिका ऋचा सिंह ठकुरीले एउटा एफएम स्टेसनको रेडियो जक्कीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रको कथाअनुसार उनी राजलाई मन पराउँछिन् । यसअघि नायकको भूमिकामा प्रस्तुत भैरहेका मुकेश यो चलचित्रमा नकारात्मक भूमिकामा प्रस्तुत भएका छन् । मुकेशले पनि आरजे ऋचाको लोकप्रिय रेडियो कार्यक्रम 'मनमनै मन पराएँ मार्फत उनलाई मन पराउन थाले पछि चलचित्रको कथाले त्रिकोणात्मक प्रेमका रूपमा लिन्छ । युवापुस्ता केन्दि्रत प्रेम प्रसंगलाई मुख्य विषय बनाइएको यो चलचित्रमा चलनचल्तिका कथाभन्दा केही पृथक विषय समावेश गरिएको बताइन्छ । चलचित्रमा महेश खड्काले एउटा गीत संगीतबद्ध गरेका छन् भने बाँकी तीनवटा गीत वसन्त सापकोटाद्वारा संगीतबद्ध छन् । चलचित्रका गीतमा राजेशपायल राई, अञ्जु पन्त, दीपक लिम्बु, प्रविशा अधिकारी, मीना सिंह, चन्दा देवी आदि गायक-गायिकाको पाश्र्व गायन छ । मातृभूमि नेपाल मुभिजको ब्यानरमा रामेश्वर भट्टराईद्वारा निर्माण गरिएको यो चलचित्रमा प्रदीप श्रेष्ठको नृत्य तथा हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

No comments: