Wednesday 16 February 2011

पत्रोत्तर


पत्रमा सोधेको थिएँ
के हुँदैछ नेपालामा ?
मित्र अघाडी लेक्छन् ……………
उत्तर के दिउ?
खास केहि छैन
सब ठिक छ
सरकार विहिनताको महसुस गर्दैछन् जनताहरु
नेतृत्व बिहिन छ राज्य
देशको भविष्य अन्योल र चिन्ताजनक छ
त्यस्तो खास केहि छैन
यस्तै सामान्य मात्र हो
बाँकि सब ठिक छ.
सरकार अन्योल र उदाशिनछ
जनता प्रति उत्तरदाई छैन
सत्ता र कुर्सिको लडाइमा लाचार छ/ लोलुप छ
दिन दुइ गुना रात चार गुनाको दरले
महंगीले जनताको ढाड सेकिरहेछ
युवा शक्ति विदेश पलायन भैरहेछन
त्यस्तो विशेष केहि छैन
यस्तै सामान्यता मात्र हो
बाँकि सब ठिक छ
सरकार विशेष शान्ति सुरक्षाको योजना बनाउदैछ
दिन दहाडै हत्या, हिंशा र आतंक छ
राजधानीको मुख्य सडकमा बम पद्कैदैछ
लोड्शेडिङ र चन्दा आतंकले
कल-कारखानाहरु एक पछी आर्को बन्द हुदैछन
पेट्रोलिंम पदार्थको भाउ चुलिरहेछ
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
रोल्पा, डोल्पा , बाजाग र बाजुरामा
झाडा पखालाको माहामारिछ
हुम्ला , जुम्ला , मनंग-मुस्तांग र कर्णालीमा
खाद्य सङ्कट छ
स्वेत्तताको नाममा राज्य गृय युद्ध तिर धकेलिदैछ
घुसखोरी र भ्रस्ताचारिहरुको अझ बिगबिगीछ
त्यस्तो वर्णनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
तराइका भूमिगत शक्तिले
व्यक्ति अपहरण र चन्दा अशुलिरहेछ्न
एक पछी अर्को पत्रकारको हत्या भैरहेछ
सुस्त, महेपुर, कालापानी, पशुपतिमा
सिमंकित किल्ला हराइरहेछन्/ सारिदैछन्
दिन प्रती दिन नेपाली भूमी साँघुरिदैछ
विकासको नाममा भौतिक पुर्वाधारहरु भात्किरहेछन
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
सिङ्ग दरवार रेस्लिंग सिकाइने थलो भएकोछ
संसद भवन युद्ध मैदान भएकोछ
मन्त्रीहरु विदेश भ्रमण तिर ब्यस्त छन
सांसदहरुको दिनहुँ झगडा
केवल आफ्नो आयु बढाउन समय थप्न भने छिट्टो मिल्छन

त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
अश्तु
डी. पी. ओस्ती

No comments: