Tuesday 29 March 2011

गजल

D.P.Osti








उनको बोली राम्रो त्यसैमा मन गयो
हानेको गोली राम्रो त्यसैमा मन गयो

छम-छम गर्ने पाउजु अनि शिरको सिरबंदी
लगाएको चोली राम्रो त्यसैमा मन गयो

लज्जालु नजरको नशालु आँखाले दिएको
पानको सोली राम्रो त्यसैमा मन गयो

तिर्खाएको थिएँ, उनको रै’छ कल-कल गर्ने
मायाको खोली राम्रो त्यसैमा मन गयो

सपनीमा देखे मैले सिन्दुर,पोते अनि तिमी
बसेको त्यो डोली राम्रो त्यसैमा मन गयो !

No comments: