Thursday 24 March 2011

गजल

डम्बर ओस्ती (क्यानेडा)

मध्य रातमा छोडी आए ब्युझिएर रोयौ होला
मनको पीर आखाबाट आशु झारी धोयौ होला.

तिमीलाई छोड्नु रहर होइन वाध्यताले जित्यो
चखेवा झैँ हाम्रो जोडी आज भोलि "खोयौ" होला.

तिम्रो माया मुटु भरि सजाएर बचेकोछु म
सपनीमा मलाई देखि तस्बिरलाई छोयौ होला

तिमी बिना जिन्दगी यो अधुरो छ कसले बुझी दिने
मन भित्रको दुधेरीमा भावनाका धाराहरु दोयौ होला .

1 comment:

Unknown said...

ok man , thanks