Wednesday 26 September 2012

गजल


 D.P.Osti
किन कुन्नि दालको भन्दा भातको माया लाग्छ
दिनको भन्दा अझ कालो रातको माया लाग्छ |

मान्छे किन काडासंग डराई-डराई फूल टिप्छ
तर मलाई डाली भन्दा सुन्दर पातको माया लाग्छ |

छुटनु रैछ उनीसंग छुट्यो माया कसलाई दोष दिनु
तर पानी उनिसंग बिताएको साथको माया लाग्छ |

कालो गए गोरो आउछ भन्छन बुडापाका अझै
मलाई  किन माया भन्ने जातको माया लाग्छ |

सुन्दर मुहार कान्ति कपाल मुस्कान अझ मिठो
मन पापी भए पनि कोमल हाताको माया लाग्छ |

No comments: