Sunday 30 September 2012

गजल


 D.P.Osti
झरी जस्तै झर्दैछ ज़िन्दगी
बाचेर पनि मर्दैछ जिन्दगी |

आशामा अलझिएको मनलाई
फेरी कुठाराघात गर्दैछ जिन्दगी |


म उसकै खातिर  दौडिराछू

अझ टाडा सर्दैछ जिन्दगी  |


उडी आकाश छूने रहर थियो
खाडल तीर पर्देछ जिन्दगी |

अझै सहास बटुलू भन्छ मन
निराशाको शागर तर्दैछ जिन्दगी |



No comments: