Friday 21 September 2012

भावनाका तरङ्ग

गङ्गा अधिकारी -डेन्मार्क 


रचनामा रुझाउँकी कल्पनामा रमाऊँ,

मुटुइभित्रै लुकाउँकी बगैँचामा साझाऊँ ।

खाँदिएको रहरले खान्छ मात्र ठक्कर्'

गुम्सिएको अन्तरमनलाई फष्टाउने चक्कर ।


कत्ती रोकौं बाहानाले संसार हेर्ने चाहना,

शक्ती भेट्यो चाहनाले टल्कियो झैं झर्ना ।

खडेरी एक भाषा कमि, नत धनी शब्दमै,

हजार भावको एउटै जवाफ हराइदिन्छ तर्कमा ।


आफ्नै मन साझा आगन फूलोस् यो नेपालीको,

थकाइ मेट्ने पावन चौतारी बनोस् रचनाकर्मीको ।

धन्यबाद छ आगन तिम्लाई आफ्नै पनलाई बोक 

मीठो हाम्रो सीर्प् दाइजो नेपालीलाई सोध ।


छिपेका अ-मीट पीप पखाल्ने सागर यो मन 

गुमेका ती अवसरहरू दिलाउने साधन ।

अक्षरबाट शब्दलाई रचनामा स-झाओस्,

रचनाको बासनाले आफ्नै अस्तित्व जगाओस ।

No comments: