Friday 7 September 2012

सौन्दर्यताको कामना -D.P.Osti (Canada)


सौन्दर्यताको कामना
D.P.Osti (Canada)
सुन्दर फूल
सूनमा सुगंध भने झै
सुन्दरतालाइ अझ सुवासले साथ दिएकोछ
आहा ! कति सुन्दर !!!
तिमी फूलहरुकी पनि फूल
तिमी फूलेकी ,तिमी फ़क्रिएकि
परै बाट आभाष हुने
सायद त्यसैले होला
सयौ कोषदेखि भ्रमराहरु
तिम्रो सुन्दरताको बयान गर्न धाइरहेकाछन
मानौ ती भ्रमराहरु
तिम्रो सुन्दरताको पुजारी हुन
र यसरी धाइरहेकाछन
जसरी एउटा भक्त भगवानको मन्दिरमा धाउछ |
अझ भनौ
कति-कति दर्सन अभिलाषी
भ्रमराहरु त तिम्रो सामीप्य हुने अवसर नपाएर
टोकाटोक, मारामार गरिरहेकाछन
केवल तिम्रो सुन्दरताको पूजा गर्नलाई
केवल तिम्रो वास्ना लिनालाई |
सायद त्याही कारणले होला
तिमीमा अली -अली गर्दै
घमंड चाद्दैछ
बैसको राग बद्दैछ
आफैमा अहंता चुलिदैछ
बजारका सामान रोजे झै
प्रेमका पात्र रोज्दैछौ
प्रेमरूपी नशाले मातिएकी छौ
तर अप्सोच !!!
तिमीलाई के थाहा?
ती भ्रमराहरू तिम्रो सौन्दर्यताको रंगमंचमा
नाटक गरिरहेछ्न/अभिनय गरिरहेछ्न
तर नाटक छ्यणिक हुन्छ
अनि यथार्थ भन्दा टाडा हुन्छ |
सायद तिमीले यो पनि हेक्कामा राख्नु पर्छ
जसरी नाटकको अन्त्य पछि
एउटा दर्शक बिहीन मंच
रंग बिहीन रंगमंच परिसरमा
सान्नाटया छाउछ
उसरी नै
यी   उत्तउला भ्रमाराहरुको
स्वार्थपूर्ति पश्चात
उनीहरु सायद अर्कै सुन्दर फूल बाटिका तिर
प्रस्थान गर्लान
त्यातीखेर तिम्रो जिन्दाकी पनि
नाटकको अन्त्य पछि
एउटा दर्शक बिहीन मंच
रंग बिहीन रंगमंच जस्तै नबनोस
त्यसैले , तिमी फूल भहेरै बाचिराखा
सधै मगमग सुवास आइरहोस
कहिलेही पनि ओइलिनु नपरोस
यहीछ कामना  ||||

No comments: