Tuesday 1 January 2013

मित्रता

गङ्गा अधिकारी
 गाँसी राखौं एक नाता ब्यक्तित्वमा फरक नपर्ला
मित्रता बिनाको सुन्य जीवन सजिलै पार नतर्ला
आमा,परिवार्,मित्र अनि गुरु रे परिचयस्थल्
बनोस मन खुल्ला आकाश हँसाऊँ मिलेर धरातल ।
सडकको मानिस त्रासमा जिउने असल साथ बनौँ
फैलियोस मानवताको लहर अब, हिंसाको जरा ख-नौँ
किन चल्छ गोलि, हत्या र हिंसाको चक्कर अघी ?
के मिल्छ कसैको स्वतन्त्रतामा हतियार गडी ?
'ईश्वर'को अर्थ एउटै भए किन यहाँ धर्म युद्ध ?
असल धार्मिक उहि रे केवल जसको छ कर्म शुद्ध
शिक्षाको सार के मिल्छ ? भन ,सभ्यता नै हैन ?
रक्षक नै किन उहि भक्षक्, बिच-रा जवाफ छैन । । ।
प्रतक्ष पुष्टी आफैँ छ साक्षक बालक जवान हुन्छ
सानो नाला बग्दै निष्चित महा सागर छुन्छ
छोड अहङकार र अहमता, बिश्व्साको नाता गाँस
आउ जगाई प्रेमको भाव्, दिल खोलेर हाँस । । । ।
मान,मर्यादा, पैसा हैन, भलाई रोज उचित्
तिम्रो प्रतिष्ठा त्यहाँ छैन ? जहाँ तिमी सुचित्!!!!!
एउटै धर्तीका दुइ सन्तान किन दलीत र मुकिया ?
एकताको समाज बनोस हटाई अनेकताको दुनिया ।
धन्यबाद

No comments: