Sunday 20 January 2013


सून भनेर तिमीले मान्यौ भने फलाम पनि सून हुनसक्दछ तिम्रो मस्तिस्क नै ठीक छैन भने सून पनि घुन हुनसक्दछ | म रातोलाई रातो नै भन्छु तिमी सेतो पनि कालो देख्दछौ चर्म चक्छु बन्द गरी दिब्य दृष्टि दिए औसीमा पनि जून हुनसक्दछ | मान्छे मान्छे नै हो किन फेरी विभेद छ त्यहि मान्छे बिचमा पवित्र भावले कसैले विष नै पिलाए पनि त्यों सगुन हुनसक्दछ | संसार हेर्नु हुन्न कहिल्यै सुरुमा आफ्नै मस्तिस्क माज्नु पर्दछ तिमीमा जाल, झेल , कपट यदि छ भने चिनी पनि नून हुनसक्दछ| मान्छे हू भन्नु भन्दा पनि ब्यवहारमा मानवता देखिनु पर्दछ अशल भाव राखेर गरेको गाली पनि कसैलाई गून हुनसक्दछ |

No comments: