हे नेताहरु सीधा बाटो हिड्न छोड़ी यात्रा किन बांगो बनाउछौ
देशको मुहार फेर्छु भन्दै अब देश र जनता कति नांगो बनाउछौ ?
जनतालाई ढाट्नु अनि धोका दिनु तिम्रो दैनिक कार्य बनी सक्यो
जनताको पैसा खादै अब कतिन्जेल देशलाई उड़ांगो बनाउछौ ?
जीवन अविरल यात्रा रहेछ ।ईन्द्रवती झै बगिरहेछ अविरल गतिमा । त्यही यात्रामा भोगेका तिता-मीठा अनुभावहाँरुको यथार्थ दस्तावेज हो "अविरल यात्रा"।