एउटा गजल तपाइका लागी .....
D.P.Osti
Canada.
कोट टाई भिर्दैमा मान्छे सब्य हुन्न है
रेस्टुरेंट छिर्दैमा मान्छे सब्य हुन्न है |
खान लाउन जिन्दगीमा रमाइलो गर्नु पर्छ
रक्सी खाई गिर्दैमा मान्छे सब्य हुन्न है |
ऋणको दल-दलमा डुबेकोछ निस्किसक्नु छैन
जाडको पैसा तिर्दैमा मान्छे सब्य हुन्न है |
झ्यामले कपाल कानमा मुंद्रा राती-राती हिडाइ
निमुखालाई पिर्दैमा मान्छे सब्य हुन्न है |