जीवन अविरल यात्रा रहेछ ।ईन्द्रवती झै बगिरहेछ अविरल गतिमा । त्यही यात्रामा भोगेका तिता-मीठा अनुभावहाँरुको यथार्थ दस्तावेज हो "अविरल यात्रा"।
Sunday, 5 May 2013
Friday, 8 February 2013
Sunday, 20 January 2013
Monday, 14 January 2013
Tuesday, 1 January 2013
होसियार्!
गङ्गा
गाडी चालकले सपना नदेख्नु
सपना बीचमा रचना नलेख्नु ।
चाहना बिपरित दोहोरो नभेट्नु
एउटै समस्या बारबार नचेत्नु ।
मसी पोत्ने बस्तुमा हतियार नरेट्नु
पानी धमीलो पारी तृश्णा नमेट्नु ।
कम्जोर देखी कायरलाई सधैँ नखेद्नु
फक्रीयोस् मन-मश्तिश्क क्रीपया नछेक्नु ।
मित्रता
गङ्गा अधिकारी
गाँसी राखौं एक नाता ब्यक्तित्वमा फरक नपर्ला
गाँसी राखौं एक नाता ब्यक्तित्वमा फरक नपर्ला
मित्रता बिनाको सुन्य जीवन सजिलै पार नतर्ला
आमा,परिवार्,मित्र अनि गुरु रे परिचयस्थल्
बनोस मन खुल्ला आकाश हँसाऊँ मिलेर धरातल ।
सडकको मानिस त्रासमा जिउने असल साथ बनौँ
फैलियोस मानवताको लहर अब, हिंसाको जरा ख-नौँ
किन चल्छ गोलि, हत्या र हिंसाको चक्कर अघी ?
के मिल्छ कसैको स्वतन्त्रतामा हतियार गडी ?
'ईश्वर'को अर्थ एउटै भए किन यहाँ धर्म युद्ध ?
असल धार्मिक उहि रे केवल जसको छ कर्म शुद्ध
शिक्षाको सार के मिल्छ ? भन ,सभ्यता नै हैन ?
रक्षक नै किन उहि भक्षक्, बिच-रा जवाफ छैन । । ।
प्रतक्ष पुष्टी आफैँ छ साक्षक बालक जवान हुन्छ
सानो नाला बग्दै निष्चित महा सागर छुन्छ
छोड अहङकार र अहमता, बिश्व्साको नाता गाँस
आउ जगाई प्रेमको भाव्, दिल खोलेर हाँस । । । ।
मान,मर्यादा, पैसा हैन, भलाई रोज उचित्
तिम्रो प्रतिष्ठा त्यहाँ छैन ? जहाँ तिमी सुचित्!!!!!
एउटै धर्तीका दुइ सन्तान किन दलीत र मुकिया ?
एकताको समाज बनोस हटाई अनेकताको दुनिया ।
धन्यबाद
Monday, 5 November 2012
gajal
कति छिटो जिन्दगीको यती लामो यात्रा पनि गरिएछ
थाहै नपाइ कती भन्झ्याग हुदै यो घुम्तिमा झरिएछ
कति काडा टेकिए होला अनि कति फूल चुमिए होलान
यहाँ सम्मा आइ पुग्दा फर्की हेरे कैयौ नदी तरिएछ |
तिम्रो हात समाई-समाई जिन्दगीमा यहाँ सम्म आइपुग्दा
पछि फर्कि हेरौ लाग्यो अस्ति भन्दा अलिक पर सरिएछ |
घुम्ती छेउ चौतारीमा भेट भाको हिजो जस्तो लाग्छ
सगै जिउछु भन्दा-भन्दै जिन्दगीमा हजार छोटी मरिएछ|
D.P.
Monday, 15 October 2012
गीत
D.P.Osti.-Canada
म मायाका शब्द सुसेल्छु तिम्रो नामको सग्गित भरेर
म मायाको संसार चिहाउछु परेलिको पर्दाबाट झरेर|
यी आखा नै दोषी हुन या तिम्रो मुहार उस्तो
एकै क्षीण नदेखु त लाग्छ संसार हराए जस्तो |
म एक्लो बटुवा बाटोबिचमा हात समायौ तिमीले
यो यस्तो के पिलायौ मात हो या अमृत तिमीले |
यो कस्तो बोझ मायाको जति बोके उती नै बोकु लाग्ने
यो कस्तो तिर्सना मायाको जति पियो उती पिऊ लाग्ने|
नोट : संगीत सम्योजनको क्रममा सम्पादन गर्न सकिने छ |
Wednesday, 10 October 2012
हा हा हा हा
मोटाएर यार भैएछ फर्सी
मलाई देखेर बूढी तर्सी |
लौन कही उपाय निकलुम
अस्पताल जानू पर्ला पर्सी |
हा हा हा हा
Saturday, 6 October 2012
रुवाई
लोभी रैछ तिम्रो मान सम्पतिमा अल्झिएछ
कैलेकही दुख्ने मुटु तिमीले गर्दा बल्झिएछ |
सून देख्दा सुनै राम्रो जून देख्दा जूने अरे
उसकै रूप उनलाई मोती जस्तै टल्किएछ
Monday, 1 October 2012
रुवाई
D.P.Osti
मेरो पैलाकोलाइ भंदेउन म त अचेल अर्कैलाई माया गर्छु
उसलाई पनि गोजी रित्याएर फेरी पछि अर्कैतिर सर्छु |
यो बैस पनि कति बैमानिछ गर्नु नगर्नु गराउछ आजभोली
को-कोसंग के-के गरियो के-के भानियो सम्झी लाजले मर्छु|
रुवाई
D.P.Osti
नचहादा नचहादै कहिलेकही मुख फोर्न मन लाग्छ
थाहै नपाई उनको मनमा बसी माया चोर्न मन लागछ|
आखा अघि राखेर हेर्छु सधै अझै पनि अघाएको छैन
कसैले उनलाई हेर्यो मात्र भने पनि चिथोर्न मन लाग्छ |
Sunday, 30 September 2012
गजल
D.P.Osti
झरी जस्तै झर्दैछ ज़िन्दगी
बाचेर पनि मर्दैछ जिन्दगी |
आशामा अलझिएको मनलाई
फेरी कुठाराघात गर्दैछ जिन्दगी |
म उसकै खातिर दौडिराछू
अझ टाडा सर्दैछ जिन्दगी |
उडी आकाश छूने रहर थियो
खाडल तीर पर्देछ जिन्दगी |
अझै सहास बटुलू भन्छ मन
निराशाको शागर तर्दैछ जिन्दगी |
Wednesday, 26 September 2012
गजल
D.P.Osti
किन कुन्नि दालको भन्दा भातको माया लाग्छ
दिनको भन्दा अझ कालो रातको माया लाग्छ |
मान्छे किन काडासंग डराई-डराई फूल टिप्छ
तर मलाई डाली भन्दा सुन्दर पातको माया लाग्छ |
तर पानी उनिसंग बिताएको साथको माया लाग्छ |
कालो गए गोरो आउछ भन्छन बुडापाका अझै
मलाई किन माया भन्ने जातको माया लाग्छ |
सुन्दर मुहार कान्ति कपाल मुस्कान अझ मिठो
मन पापी भए पनि कोमल हाताको माया लाग्छ |
रुवाई
सबैले के भयो आजकल भनि सोध्छ्न मलाई
केही नलेखी मौन बासु फेरी खोज्छ्न मलाई
अचम्बको छ यो संसार कसलाई के भानु खोई ?
कोही घृणा गर्छन अनि कोही रोज्छन मलाई |
रुवाई
तिमी बिन पनि बाच्न थालेकोछू
मुटु भित्र एउटा ढुंगा हालेकोछु |
अब तिमीले चाहेर पनि हुन्न माया
मेरो मनमा अरुकै तस्बीर टालेकोछू
Friday, 21 September 2012
भावनाका तरङ्ग
गङ्गा अधिकारी -डेन्मार्क
रचनामा रुझाउँकी कल्पनामा रमाऊँ,
मुटुइभित्रै लुकाउँकी बगैँचामा साझाऊँ ।
खाँदिएको रहरले खान्छ मात्र ठक्कर्'
गुम्सिएको अन्तरमनलाई फष्टाउने चक्कर ।
कत्ती रोकौं बाहानाले संसार हेर्ने चाहना,
शक्ती भेट्यो चाहनाले टल्कियो झैं झर्ना ।
खडेरी एक भाषा कमि, नत धनी शब्दमै,
हजार भावको एउटै जवाफ हराइदिन्छ तर्कमा ।
आफ्नै मन साझा आगन फूलोस् यो नेपालीको,
थकाइ मेट्ने पावन चौतारी बनोस् रचनाकर्मीको ।
धन्यबाद छ आगन तिम्लाई आफ्नै पनलाई बोक
मीठो हाम्रो सीर्प् दाइजो नेपालीलाई सोध ।
छिपेका अ-मीट पीप पखाल्ने सागर यो मन
गुमेका ती अवसरहरू दिलाउने साधन ।
अक्षरबाट शब्दलाई रचनामा स-झाओस्,
रचनाको बासनाले आफ्नै अस्तित्व जगाओस ।
रचनामा रुझाउँकी कल्पनामा रमाऊँ,
मुटुइभित्रै लुकाउँकी बगैँचामा साझाऊँ ।
खाँदिएको रहरले खान्छ मात्र ठक्कर्'
गुम्सिएको अन्तरमनलाई फष्टाउने चक्कर ।
कत्ती रोकौं बाहानाले संसार हेर्ने चाहना,
शक्ती भेट्यो चाहनाले टल्कियो झैं झर्ना ।
खडेरी एक भाषा कमि, नत धनी शब्दमै,
हजार भावको एउटै जवाफ हराइदिन्छ तर्कमा ।
आफ्नै मन साझा आगन फूलोस् यो नेपालीको,
थकाइ मेट्ने पावन चौतारी बनोस् रचनाकर्मीको ।
धन्यबाद छ आगन तिम्लाई आफ्नै पनलाई बोक
मीठो हाम्रो सीर्प् दाइजो नेपालीलाई सोध ।
छिपेका अ-मीट पीप पखाल्ने सागर यो मन
गुमेका ती अवसरहरू दिलाउने साधन ।
अक्षरबाट शब्दलाई रचनामा स-झाओस्,
रचनाको बासनाले आफ्नै अस्तित्व जगाओस ।
Friday, 7 September 2012
सौन्दर्यताको कामना -D.P.Osti (Canada)
सौन्दर्यताको
कामना
D.P.Osti (Canada )
सुन्दर फूल
सूनमा सुगंध
भने झै
सुन्दरतालाइ
अझ सुवासले साथ दिएकोछ
आहा ! कति सुन्दर
!!!
तिमी फूलहरुकी
पनि फूल
तिमी फूलेकी
,तिमी फ़क्रिएकि
परै बाट आभाष
हुने
सायद त्यसैले
होला
सयौ कोषदेखि
भ्रमराहरु
तिम्रो सुन्दरताको
बयान गर्न धाइरहेकाछन
मानौ ती भ्रमराहरु
तिम्रो सुन्दरताको
पुजारी हुन
र यसरी धाइरहेकाछन
जसरी एउटा भक्त
भगवानको मन्दिरमा धाउछ |
अझ भनौ
कति-कति दर्सन
अभिलाषी
भ्रमराहरु त
तिम्रो सामीप्य हुने अवसर नपाएर
टोकाटोक,
मारामार गरिरहेकाछन
केवल तिम्रो
सुन्दरताको पूजा गर्नलाई
केवल तिम्रो
वास्ना लिनालाई |
सायद त्याही
कारणले होला
तिमीमा अली
-अली गर्दै
घमंड चाद्दैछ
बैसको राग बद्दैछ
आफैमा अहंता
चुलिदैछ
बजारका सामान
रोजे झै
प्रेमका पात्र
रोज्दैछौ
प्रेमरूपी नशाले
मातिएकी छौ
तर अप्सोच
!!!
तिमीलाई के
थाहा?
ती भ्रमराहरू
तिम्रो सौन्दर्यताको रंगमंचमा
नाटक गरिरहेछ्न/अभिनय
गरिरहेछ्न
तर नाटक छ्यणिक
हुन्छ
अनि यथार्थ
भन्दा टाडा हुन्छ |
सायद तिमीले
यो पनि हेक्कामा राख्नु पर्छ
जसरी नाटकको
अन्त्य पछि
एउटा दर्शक
बिहीन मंच
रंग बिहीन रंगमंच
परिसरमा
सान्नाटया छाउछ
उसरी नै
यी उत्तउला भ्रमाराहरुको
स्वार्थपूर्ति
पश्चात
उनीहरु सायद
अर्कै सुन्दर फूल बाटिका तिर
प्रस्थान गर्लान
त्यातीखेर तिम्रो
जिन्दाकी पनि
नाटकको अन्त्य
पछि
एउटा दर्शक
बिहीन मंच
रंग बिहीन रंगमंच
जस्तै नबनोस
त्यसैले ,
तिमी फूल भहेरै बाचिराखा
सधै मगमग सुवास
आइरहोस
कहिलेही पनि
ओइलिनु नपरोस
यहीछ कामना ||||
Saturday, 25 August 2012
पैसा जाबो कमाउदैमा बोल्न किन छाड़नु पर्यो
पैसा भन्दा ठुलो नाता फेरी किन तोड़नु पर्यो ?
उपिया जस्तो फाड़की रहने धनको पछि लाग्नु हुन्न
पैसा नै ठुलो ठान्छौ भने नाता किन जोड़नु परयो?
D.P.Osti
पैसा भन्दा ठुलो नाता फेरी किन तोड़नु पर्यो ?
उपिया जस्तो फाड़की रहने धनको पछि लाग्नु हुन्न
पैसा नै ठुलो ठान्छौ भने नाता किन जोड़नु परयो?
D.P.Osti
Monday, 30 July 2012
उसँग मिले पछी मसँग त बोल्न पनि बन्द भयो
हिजो सन्म मिठो मेरो बोली आज किन गन्द भयो ?
झुटको खेती गर्दै हिड्छयौ परपर मेरै गल्ती देखाउदै छौरे
तिमी सत्य थियौ भने मलाई देखेपछी किन बोली मन्द भयो ?
Subscribe to:
Posts (Atom)