तिमी व्यर्थै रिसाएछौ मसंग म त हास्दै थिए तिमीसंगै
कुरै नबुझी माया मरेछौ म त माया गास्दै थिए तिमिसंगै
कस्तो बानी रैछ तिम्रो, लुगा फेरे झैँ माया फेर्दी रैछौ
अर्कैको हात समाएछौ अघिनै म त नाच्दै थिए तिमीसंगै
D.P.Osti.
जीवन अविरल यात्रा रहेछ ।ईन्द्रवती झै बगिरहेछ अविरल गतिमा । त्यही यात्रामा भोगेका तिता-मीठा अनुभावहाँरुको यथार्थ दस्तावेज हो "अविरल यात्रा"।
Tuesday, 31 May 2011
Monday, 30 May 2011
Sunday, 29 May 2011
Saturday, 14 May 2011
ग़ज़ल डी .पी . ओस्ती
ग़ज़ल
बिरामी अस्पतालमा सुताएकोछ
मन भित्रको ब्यथा लुकाएकोछ
कर्जा बुझाउन होला सायद
चारै तिरबाट ऋण जुटाएकोछ|
महिनौ भयो घर छोडेको पनि
खादै गरेको जागिर छुटाएकोछ|
सबथोक सिधिएर एउटा घर रयो
त्यो पनि साहुले समाज जुटाएकोछ
गरिब हुनु अपराध रैछ क्यार
थानामा झिकाएर कुट्नु-कुटाएकोछ|
बिरामी अस्पतालमा सुताएकोछ
मन भित्रको ब्यथा लुकाएकोछ
कर्जा बुझाउन होला सायद
चारै तिरबाट ऋण जुटाएकोछ|
महिनौ भयो घर छोडेको पनि
खादै गरेको जागिर छुटाएकोछ|
सबथोक सिधिएर एउटा घर रयो
त्यो पनि साहुले समाज जुटाएकोछ
गरिब हुनु अपराध रैछ क्यार
थानामा झिकाएर कुट्नु-कुटाएकोछ|
ग़ज़ल -डी. पी. ओस्ती
ग़ज़ल
को हो पराइ?
वैशले कर्कराइ
उत्तर नभेटेर
ओठ फर्फराई
रिस् उठ्यो होला
कुट्न जुर्मुराइ
उसैले जिती
मलाइ हराई
अघाएकी थिइ
पक्कै नि चराई
गल्ति गर्छे ऊ
उलटै कराई
को हो पराइ?
वैशले कर्कराइ
उत्तर नभेटेर
ओठ फर्फराई
रिस् उठ्यो होला
कुट्न जुर्मुराइ
उसैले जिती
मलाइ हराई
अघाएकी थिइ
पक्कै नि चराई
गल्ति गर्छे ऊ
उलटै कराई
ग़ज़ल डी. पी ओस्ती
कुन जुनीको पापले गर्दा म त तिम्रो हुन सकिन
पराइले तिम्रो सिउदो भर्दा पनि मैले छुन सकिन|
सपनाहरु सिसा जस्तै चोइटिएर टुक्रा-टुक्रा भए
तिमि हास्दै थियौ दुलाहासंग म भने रुन सकिन|
खालि हात आए भेट्न मुरी-मुरी शुभकामना बोकी
मनमा एउटा घाउ पर्यौ आशु बगाई धुन सकिन|
मैले पनि माया तिमीलाई गरेकै थिए सके जति
उसले दिए जस्तो माया दिनु रैछ मैले जुन सकिन|
मैले दिए चोखो माया तिमीले चोट फिर्ता दियौ आज
बैगुनीलाई दिनलाई धेरै खोजे भेट्न गुण सकिन|
................................................................................

Friday, 22 April 2011
संसारलाई हँसाउने हरिबंश आँफै रूँदा समाचार श्रोत - फ्लिमिखर.कम
सारा संसारलाई हँसाउने बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य आज आँफै रोएका छन् । आफूलाई हँसाउने हरिबंश रोएको देख्दा आज सारा देशबासी पनि उनीसँगै रोएका छन् । आफ्नी धर्मपत्नी मिरा आचार्यको बुधबार निधन भएपछि उनका आँखाबाट दिनभरी नै आँशुका धारा बगेका थिए ।
मष्तिस्क पक्षघातका कारण ४६ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा बुधबार निधन भएपछि उनले अस्पतालमै श्रीमतीलाई दुलही झैं सिंगारेर चुरा पोते को साथमा अन्तिम सिन्दुर लगाई दिएका थिए । जब उनले श्रीमतीलाई सिन्दुर लगाई दिए त्यसपछि उनले आफ्नो मनलाई थाम्न सकेनन् र भक्कानिए । उनी रोएको देखेपछि हरिबंश कै लगानी रहेको सो मोडल अस्पतालमा उपस्थित उनका शुभचिन्तकहरू पनि भक्कानिदै रोएका थिए ।
मिराको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्वाञ्जली दिने क्रममा पनि हरिबंश निकै रोएका थिए । उनका साथमा दुई छोरा त्रिलोक र मोहित पनि बुवासँगै भावबिह्वल भएका थिए । पशुपति आर्यघाटमा अन्तिम श्रद्वाञ्जली दिन नेपाली सिनेमा क्षेत्रका चिरपरिचित अनुहार तथा राजनितिज्ञहरूको बाक्लो उपस्थिती थियो भने सयौं सर्वसाधारणहरूको पनि उपस्थिती रहेको थियो ।
आफ्नी श्रीमतीलाई निकै माया गर्ने हरिबंशले मिरासँग २०४० सालमा मागी विबाह गरेका थिए । केहि समय अगाडी एक पत्रिकालाई अर्न्तवार्ता दिने क्रममा उनले भनेका थिए, 'म हरेक दिन घरबाट निस्कने क्रममा एक पटक उनलाई किस गरेर निस्कन्छु ।' यसबाट के प्रष्ठ हुन्छ भने उनले श्रीमतीलाई आफूभन्दा पनि धेरै माया गर्थे । यसरी आफ्नो प्राण भन्दा प्यारो मान्छेलाई गुमाउनु पर्दा हरिबंशको मन कति रोयो होला त्यसको अनुमान सायदै कसैले लगाउन सक्दैन होला ।
हरेक पुरूषको सफलताको पछाडी स्त्रीको हात हुन्छ भने झैं हरिबंश सफल हुनुको पछाडी उनकी धर्मपत्नी मिराको पनि ठूलो हात थियो रे । तर दैबको खेल नै अचम्मको छ । जस्ले धेरै माया गर्छ त्यसलाई नै दैबले खोसेर लैजान्छ । आज हरिबंशको जीवनमा त्यस्तै भएको छ । आज हरिबंशले आफूलाई माया गर्ने श्रीमती गुमाउनु परेपनि उनलाई र उनको कलाकारितालाई माया गर्ने धेरै नेपालीको मायामा कहिल्यै कमी नआओस् भन्दै यस दुःखद घडीमा दिबंगत हुनुभएकी मीराको आत्माको चिर शान्तिको कामना गर्दै फिल्मीखबर डटकम परिवार शोक सन्तप्त हरिवंश आचार्य र सिंगो परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछ ।
Sunday, 17 April 2011
Sunday, 10 April 2011
गजल - डी. पी . ओस्ती.
कुन जुनीको पापले गर्दा म त तिम्रो हुन सकिन
पराइले तिम्रो सिउदो भर्दा पनि मैले छुन सकिन|
सपनाहरु सिसा जस्तै चोइटिएर टुक्रा-टुक्रा भए
तिमि हास्दै थियौ दुलाहासंग म भने रुन सकिन|
खालि हात आए भेट्न मुरी-मुरी शुभकामना बोकी
मनमा एउटा घाउ पर्यौ आशु बगाई धुन सकिन|
मैले पनि माया तिमीलाई गरेकै थिए सके जति
उसले दिए जस्तो माया दिनु रैछ मैले जुन सकिन|
मैले दिए चोखो माया तिमीले चोट फिर्ता दियौ आज
बैगुनीलाई दिनलाई धेरै खोजे भेट्न गुण सकिन|
पराइले तिम्रो सिउदो भर्दा पनि मैले छुन सकिन|
सपनाहरु सिसा जस्तै चोइटिएर टुक्रा-टुक्रा भए
तिमि हास्दै थियौ दुलाहासंग म भने रुन सकिन|
खालि हात आए भेट्न मुरी-मुरी शुभकामना बोकी
मनमा एउटा घाउ पर्यौ आशु बगाई धुन सकिन|
मैले पनि माया तिमीलाई गरेकै थिए सके जति
उसले दिए जस्तो माया दिनु रैछ मैले जुन सकिन|
मैले दिए चोखो माया तिमीले चोट फिर्ता दियौ आज
बैगुनीलाई दिनलाई धेरै खोजे भेट्न गुण सकिन|
Tuesday, 5 April 2011
ग़ज़ल
डी. पी . ओस्ती.
तिमी हराएर होकी
म पो कराएर होकी |
हिडदै थियौ अरुसंगै
बोलेनौ डराएर होकी |
झर्किएर बोल्यौ तिमी
उसलाई मनपराएर होकी|
पोटिलो देखिन्थ्यौ तिमी
सायद चराएर होकी !
कुरा काटे झैँ लाग्यो
बुझिएन थर्थराएर होकी |
तिमी हराएर होकी
म पो कराएर होकी |
हिडदै थियौ अरुसंगै
बोलेनौ डराएर होकी |
झर्किएर बोल्यौ तिमी
उसलाई मनपराएर होकी|
पोटिलो देखिन्थ्यौ तिमी
सायद चराएर होकी !
कुरा काटे झैँ लाग्यो
बुझिएन थर्थराएर होकी |
Tuesday, 29 March 2011
गजल
D.P.Osti

उनको बोली राम्रो त्यसैमा मन गयो
हानेको गोली राम्रो त्यसैमा मन गयो
छम-छम गर्ने पाउजु अनि शिरको सिरबंदी
लगाएको चोली राम्रो त्यसैमा मन गयो
लज्जालु नजरको नशालु आँखाले दिएको
पानको सोली राम्रो त्यसैमा मन गयो
तिर्खाएको थिएँ, उनको रै’छ कल-कल गर्ने
मायाको खोली राम्रो त्यसैमा मन गयो
सपनीमा देखे मैले सिन्दुर,पोते अनि तिमी
बसेको त्यो डोली राम्रो त्यसैमा मन गयो !

उनको बोली राम्रो त्यसैमा मन गयो
हानेको गोली राम्रो त्यसैमा मन गयो
छम-छम गर्ने पाउजु अनि शिरको सिरबंदी
लगाएको चोली राम्रो त्यसैमा मन गयो
लज्जालु नजरको नशालु आँखाले दिएको
पानको सोली राम्रो त्यसैमा मन गयो
तिर्खाएको थिएँ, उनको रै’छ कल-कल गर्ने
मायाको खोली राम्रो त्यसैमा मन गयो
सपनीमा देखे मैले सिन्दुर,पोते अनि तिमी
बसेको त्यो डोली राम्रो त्यसैमा मन गयो !
Thursday, 24 March 2011
गजल
डम्बर ओस्ती (क्यानेडा)
मध्य रातमा छोडी आए ब्युझिएर रोयौ होला
मनको पीर आखाबाट आशु झारी धोयौ होला.
तिमीलाई छोड्नु रहर होइन वाध्यताले जित्यो
चखेवा झैँ हाम्रो जोडी आज भोलि "खोयौ" होला.
तिम्रो माया मुटु भरि सजाएर बचेकोछु म
सपनीमा मलाई देखि तस्बिरलाई छोयौ होला
तिमी बिना जिन्दगी यो अधुरो छ कसले बुझी दिने
मन भित्रको दुधेरीमा भावनाका धाराहरु दोयौ होला .

Tuesday, 22 March 2011
सपना भित्रको एउटा पीडा
सपना भित्रको एउटा पीडा just click here to read it
radhakrishna dhitalSpamReply8:57 PM 21/3 झापाको गोलधाप स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । आलागिबाट शिविरका सात सय बढी छाप्रा जलेर नष्ट भएका छन् । बिहान आठ बजेतिर सेक्टर बी वान हट नम्बर १८ का नरेश तिम्सिनाको छाप्रोबाट आगलागि शुरु भएको थियो । आगलागिको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ । आगलागी पछिको भाग दौडमा करिव २५ जना शरणार्थी घाइते भ
raghu osteeSpamReply8:36 PM 21/3 Really shocked to know about the damage caused by the fire in goldhap refugee camp in nepal.this news came as a dagger to my heart.its really painful situation to our people.no words to express in this most sorrowful situation....what a repeated misfortunes .......!!!!!!!..really bad,,,,,,,,,!!!!
8:40 PM 21/3 so heart breaking news........
8:40 PM 21/3 LUXMAN DAHAL: i just got the msg, half an hour ago, tried alot know the situation, but no calls be properly signed. its once a horrible nature's left eye on the camp
Damber Osti canada.
२२ मार्च २०११. भूटानी शरणार्थी शिबिर गोलधाप र पथरी शनिश्चरे एकै दिन आगलागीबाट क्षतिग्रस्त भएकोछ. आगलागीबाट भएको क्षतिको पूर्ण बिवरण आउन बाकि नै छ. यद्यपि शरणार्थी शिबिर गोलधाप करिब ७०० छाप्रा पूर्णरुपले क्षतिग्रस्त भएकछ. उता शरणार्थी शिबिर पथरी शनिश्चरेमा मुलाबाटा देखि पुर्व तिरका अधिकास्षा छाप्राहरू जलेर ध्वस्त भएका छन . यस्तो अवस्था हामि सबैलाई मर्माहत तुल्याएकोछ.

Tuesday, 15 March 2011
Thursday, 10 March 2011
मध्य रातमा छोडी आए ब्युझिएर रोयौ होला
मनको पीर आखाबाट आशु झारी धोयौ होला.
तिमीलाई छोड्नु रहर होइन वाध्यताले जित्यो
चखेवा झैँ हाम्रो जोडी आज भोलि "खोयौ" होला.
तिम्रो माया मुटु भरि सजाएर बचेकोछु प्रदेशमा
सपनीमा देखि मलाई ब्युझिएर छोयौ होला
तिमी बिना जिन्दगी यो अधुरो छ कसले बुझी दिने
मन भित्रको दुधेरीमा भावनाका धाराहरु दोयौ होला .
मनको पीर आखाबाट आशु झारी धोयौ होला.
तिमीलाई छोड्नु रहर होइन वाध्यताले जित्यो
चखेवा झैँ हाम्रो जोडी आज भोलि "खोयौ" होला.
तिम्रो माया मुटु भरि सजाएर बचेकोछु प्रदेशमा
सपनीमा देखि मलाई ब्युझिएर छोयौ होला
तिमी बिना जिन्दगी यो अधुरो छ कसले बुझी दिने
मन भित्रको दुधेरीमा भावनाका धाराहरु दोयौ होला .
रक्सी र म
सुरु-सुरुमा
रहरले पीएको थिए रक्सी
जब लत बस्यो
वाध्यताले पिउन थाले
वाध्यताले पिउदा-पिउदै
जिउनलाई पिउन थाले
पिउदा-पिउदै कति पीए
आज भोलि
पिउनलाई जिउन थाले
रहरले पीएको थिए रक्सी
जब लत बस्यो
वाध्यताले पिउन थाले
वाध्यताले पिउदा-पिउदै
जिउनलाई पिउन थाले
पिउदा-पिउदै कति पीए
आज भोलि
पिउनलाई जिउन थाले
Wednesday, 23 February 2011
कान्तिपुरद्वारा
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र 'मनमनै मन पराएँ' को देशव्यापी प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राजेन्द्र उप्रेतीद्वारा निर्देशित यो चलचित्रमा राज तिमल्सिना, ऋचा सिंह ठकुरी, मुकेश ढकाल, जयकिशन बस्नेत, मिथिला शर्मा, सुनिल थापा आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा नायिका ऋचा सिंह ठकुरीले एउटा एफएम स्टेसनको रेडियो जक्कीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रको कथाअनुसार उनी राजलाई मन पराउँछिन् । यसअघि नायकको भूमिकामा प्रस्तुत भैरहेका मुकेश यो चलचित्रमा नकारात्मक भूमिकामा प्रस्तुत भएका छन् । मुकेशले पनि आरजे ऋचाको लोकप्रिय रेडियो कार्यक्रम 'मनमनै मन पराएँ मार्फत उनलाई मन पराउन थाले पछि चलचित्रको कथाले त्रिकोणात्मक प्रेमका रूपमा लिन्छ । युवापुस्ता केन्दि्रत प्रेम प्रसंगलाई मुख्य विषय बनाइएको यो चलचित्रमा चलनचल्तिका कथाभन्दा केही पृथक विषय समावेश गरिएको बताइन्छ । चलचित्रमा महेश खड्काले एउटा गीत संगीतबद्ध गरेका छन् भने बाँकी तीनवटा गीत वसन्त सापकोटाद्वारा संगीतबद्ध छन् । चलचित्रका गीतमा राजेशपायल राई, अञ्जु पन्त, दीपक लिम्बु, प्रविशा अधिकारी, मीना सिंह, चन्दा देवी आदि गायक-गायिकाको पाश्र्व गायन छ । मातृभूमि नेपाल मुभिजको ब्यानरमा रामेश्वर भट्टराईद्वारा निर्माण गरिएको यो चलचित्रमा प्रदीप श्रेष्ठको नृत्य तथा हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

Wednesday, 16 February 2011
पत्रोत्तर

पत्रमा सोधेको थिएँ
के हुँदैछ नेपालामा ?
मित्र अघाडी लेक्छन् ……………
उत्तर के दिउ?
खास केहि छैन
सब ठिक छ
सरकार विहिनताको महसुस गर्दैछन् जनताहरु
नेतृत्व बिहिन छ राज्य
देशको भविष्य अन्योल र चिन्ताजनक छ
त्यस्तो खास केहि छैन
यस्तै सामान्य मात्र हो
बाँकि सब ठिक छ.
सरकार अन्योल र उदाशिनछ
जनता प्रति उत्तरदाई छैन
सत्ता र कुर्सिको लडाइमा लाचार छ/ लोलुप छ
दिन दुइ गुना रात चार गुनाको दरले
महंगीले जनताको ढाड सेकिरहेछ
युवा शक्ति विदेश पलायन भैरहेछन
त्यस्तो विशेष केहि छैन
यस्तै सामान्यता मात्र हो
बाँकि सब ठिक छ
सरकार विशेष शान्ति सुरक्षाको योजना बनाउदैछ
दिन दहाडै हत्या, हिंशा र आतंक छ
राजधानीको मुख्य सडकमा बम पद्कैदैछ
लोड्शेडिङ र चन्दा आतंकले
कल-कारखानाहरु एक पछी आर्को बन्द हुदैछन
पेट्रोलिंम पदार्थको भाउ चुलिरहेछ
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
रोल्पा, डोल्पा , बाजाग र बाजुरामा
झाडा पखालाको माहामारिछ
हुम्ला , जुम्ला , मनंग-मुस्तांग र कर्णालीमा
खाद्य सङ्कट छ
स्वेत्तताको नाममा राज्य गृय युद्ध तिर धकेलिदैछ
घुसखोरी र भ्रस्ताचारिहरुको अझ बिगबिगीछ
त्यस्तो वर्णनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
तराइका भूमिगत शक्तिले
व्यक्ति अपहरण र चन्दा अशुलिरहेछ्न
एक पछी अर्को पत्रकारको हत्या भैरहेछ
सुस्त, महेपुर, कालापानी, पशुपतिमा
सिमंकित किल्ला हराइरहेछन्/ सारिदैछन्
दिन प्रती दिन नेपाली भूमी साँघुरिदैछ
विकासको नाममा भौतिक पुर्वाधारहरु भात्किरहेछन
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
सिङ्ग दरवार रेस्लिंग सिकाइने थलो भएकोछ
संसद भवन युद्ध मैदान भएकोछ
मन्त्रीहरु विदेश भ्रमण तिर ब्यस्त छन
सांसदहरुको दिनहुँ झगडा
केवल आफ्नो आयु बढाउन समय थप्न भने छिट्टो मिल्छन
त्यस्तो उल्लेखनीय केहि छैन
यस्तै सामान्य मात्र हो
सब ठिक छ
अश्तु
डी. पी. ओस्ती
Saturday, 5 February 2011
My native land
Oh! My native land
Still I have a deep stroke
When I departure from you
I had carried a handful of earth
And had a promised
I’ll come soon to sit on your lap
What a misfortunate!
I couldn’t be with you
But …………….
Oh! My paradise native land!
I’m forced to say
That I’m going far from you
It’s sorrow, grief and sadness for me
To be far from you
Although I kept your picture
On my core heart.
Your promise!
I’ll keep your name on the top of the world
Oh! My glory native land!
My elemental body is far from you
But my soul will be with you forever
The forest, rivers and mountains
Always recall me
They deeply touched my heart
Oh! My beloved native land!
I have a strong dream
Where I born, want to die there it
I born only for you
And will be dying for you
Oh! My paradise!
Oh! My glory!
Oh! My beloved
I miss you lot.
20th July 2010. Nepal.
Damber Osti

Subscribe to:
Posts (Atom)