Tuesday, 6 June 2017

रुवाई
मलाई छोडेर जानेलाई के माया लाग्छ होला र |
दील नै  तोडेर जानेलाई के माया लाग्छ होला र |

आफैंले रोपेको मायाको कलिलो आँकुरा चुंडी
बाटो मोडेर जानेलाई के माया लाग्छ होला र |
DeePee Ostee

Sunday, 11 September 2016

मलाई फूल फूलेको मन पर्छ
फूलेर अझ झुलेको मन पर्छ

कोमल फूलहरुलाई स्पर्स गर्दै
डालीमा  पुतली  डुलेको मन पर्छ |

Wednesday, 31 August 2016

बैंस पनि कस्तो कस्तो कति रहर बोकेर आउंछ
गजल जस्तै जिन्दगी मीठा बहर बोकेर आउछ |

हिडेर नथाक्ने यी पाइलाहरु आफ्नै बनाउन
बाटो आफै यतै कता सफर बोकेर आउछ  |

Friday, 26 August 2016

गजल

गजल

सिसा झैँ टुक्रिएको  मन मिलाउने कोसिस नगर
भुवा सरि फाटेको  मन सिलाउने कोसिस नगर |

निर्दयी ती तिम्रा हात हुन मेरो भावना जलाउने
अब उखेलेर फेरी जिलाउने कोसिस नगर  |


छुरा हानेको मुटु आलो रगत बगिरको छ
भयो अब जहर खिलाउने   कोसिस नगर |

जिउँदो जस्तो देखिने यो मृत लासलाई फेरी
यो नाटकीय अमृत पिलाउने  कोसिस नगर |

अपराध आफु गरि अभियोग मलाई लगायौ
भयो अब न्याय दिलाउने कोसिस नगर !
DEEPEEOSTEE

Wednesday, 10 August 2016

बाँदरले  साँचै आफ्नै जात जनाउँदो  रैछ
हाँसको बथानमा बकुल्लो कहाँ सुहाउँदो रैछ ?

भयो हजुर अब फकिर बन्न दिनुहोस मलाई
यो हजुरको रंगिन दुनिया छ्या ! गनाउँदो रैछ |
                  deepeeostee 

Friday, 5 August 2016

1तितो यथार्थता

स्मृतिका गर्तहरुमा
म मेरो  हराएको  विगतलाई खोजिरहेकोछू
अस्पस्ट वर्तमानलाइ टेकेर
अध्यारो भविष्यतिर लम्किरहेकोछू
कुहिरो भित्र हराएको काग झै
गंतब्यहिन् ,
लक्षहीन
अघि बढिरहेछ  मेरो  यात्रा |
वर्त्तमान नै हराएको बेला
कुन्नि किन हो म
फेरी एक चोटी
हराएको विगत खोजिरहेकोछू
पल्टाइरहेकोछू  पुस्तकका पाना झै
अनि पुनरावलोकन गरिरहेकोछू
उही तितो बिगतलाई
किन कि
भोली मेरो बिगत  मबात टाडा हुदैछ
र केवल मसंग रहनेछ
निराश अनि अंधकारमय​ भविष्य
त्यसैले अंतिम चोटी पल्टाइरहेकोछू
मेरो विगतलाइ
किन कि भोली मैले
त्यही तितो अतीतको अंतरवस्तु केलाउदै
वर्तमानलाई छिछोलेर
फेरी कुनै दिन त्यही बिगतलाई उजागर गर्नुछ
अनि उज्यालो भविस्यको मझेरिमा नाच्नुछ
सायद यही हो आजको तितो यथार्थ |
deepeeostee 

Thursday, 4 August 2016

             गजल, नेपाली साहित्यको निकै मौलौदै गरेको एउटा विदा हो | अझ  भनौ युवा सर्जकहरुका लागि त सब भन्दा आकर्षक  बिदा नै गजल हो भन्दा अतिउक्ति नहोला | पूनर्वास पछि अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मुलका भूटानी गजलकारहरूको संयुक्त  प्रयासमा एउटा  गजल सङ्ग्रह "क्याङगारूको देशबाट"  प्रकाशन हुन लागेको थाहा पाउदा खुशी लाग्यो |
           नेपाली साहित्यको  आकाशमा एकै चोटी यति धेरै गजलकारहरु उदाउनाले, हामी भाषा/साहित्य प्रेमीहरुलाई अझ हौसला मिलेकोछ|
प्रवाशमा रहेर पनि नेपाली भाषा-साहित्य क्षेत्रमा याँहाहरुले  गरेको  अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै, तपाई सम्पुर्ण गजलकार मित्रहरुलाई तथा "क्याङगारूको देशबाट" सिंगो गजल संग्रहको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु |

डी पी  ओस्ती
क्यानेडा 

Monday, 11 April 2016

ग ज ल

रिसाए झै गरेको थिए घोत्लिएर फकाई उसैले जाउ भन्छे माथि सक्दिन भने हिड्न सगाई उसैले । रमाइलो गर्ने हुस्की झिकाउन दा भन्दै छेउमा आइ खल्ती रित्तो छ भनिदिए, ठिकैछ भन्दै मगाई उसैले । मस्त जवानी युवती छ अगाडि म के-के सोच्दै थिए बोत्तल खोलेर गिलासमा मस्किदै हुस्की लगाई उसैले । अब के-के भयो उनैले जानुन भनेर सकिन्न कहनी बेसुर बनि लडेको रहेछु म समाल्दै जगाई उसैले । म भने उसकै पैसामा मज्जा लुटियो भनेर मख्ख थिए हुस्की त मेरै नाममा झिक​एकी रैछ आखिर फसाई उसैले ।

DeePee

Tuesday, 22 December 2015

gajal

तिमी आयौ जिन्दगीमा त्यो साथ मिठो   
खोल्यौ दिल जवानिको त्यो बात मिठो।

कोमल ती औँलाले छोएका मेरा अङ्गहरु
जुर्मुराएको उठेको अझ त्यो रात मिठो ।

सजाएको सपनालाई साकार बनाउने कडी
केवल रैछ दुनियामा मायाको जात मिठो ।

बेहोसी नशा त्यो मायाको तिमीले पिलाएको 
याद अझै छ तिमीले छुएको त्यो हात मिठो ।

आफैले देखाएर सपना छोडिदियौ बिचमा
तड्पाएर गयौ वा ! तिमीले दिएको घात मिठो । 

wonderful movement